बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रामचन्द्र पौडेलको प्रस्ताव : राष्ट्रिय सहमतिको सरकार बनाउँ


  • माउन्टेन खबर
  • शनिबार, चैत्र १५, २०७६
  • 748
    SHARES

काठमाडौं । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले देशमा राष्ट्रिय सहमतिको सरकार बनाउन माग गरेका छन् । देशमा जारी रहेको लकडाउनको तेस्रो दिन बिहीबार साँझ उनले फेसबुकमा भिडिओमार्फत् कोरोना भाइरस संक्रमणबारे आफ्ना भनाइ राख्ने क्रममा यस्तो प्रस्ताव अघि सारेका हुन् ।

उनले सो ११ मिनेट लामो लाइभ भिडिओ सन्देशमा कोरोना भाइरस महामारीका बेला आमसहमति जुटाएर नागरिकका समस्या समाधान गर्नुपर्ने भन्दै यस कामका लागि देशमा सहमतिको सरकार आवश्यक रहेको बताएका हुन्।

उनको तर्क छ, यस्तो बेला आमसहमति आवश्यक हुन्छ जसका कारणले सरकारका निर्णय कार्यान्वयनमा समस्या आउदैन । ‘सरकारका निर्णय कार्यान्वयनमा समस्या नहोस्य भनेर पनि देशमा सबैको सहमतिको सरकार आवश्यक रहेको उनको भनाई थियो । भिडियोमा उनले भनेका छन्, यस्तो बेलामा आवश्यक पर्‍यो भने सहमतिको सरकार पनि बनाउन सक्नुपर्छ, दुनियाँमयस्तो पनि प्रचलन छ ।

बरिष्ठ नेता पौडेलले दिएको यो अभिव्यक्ति प्रमुख प्रतिपक्षी कांग्रेसको आधिकारिक धारणा यही हो कि होइन भन्दै सामाजिक सञ्जालमा चर्चा पनि भएको छ। सामाजिक सञ्जालमा पौडेलले यस्तो महामारीको समयमा देश नै लकडाउन भएको समयमा किन सहमतिको सरकार चाहियो काँग्रेसलाई भन्ने आलोचना पनि भएको छ ।

पौडेलको यो भनाई आएपछि प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट नै गरेर यही सरकारलाई सहयोग गर्ने र सरकारको क्षमता हेर्ने बेला अहिले रहेको बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)