शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

चिनियाँ राष्ट्रपति सिल र अमेरिकी राष्ट्रपति ट्रम्प वीच फोन वार्ता


  • माउन्टेन खबर
  • शनिबार, चैत्र १५, २०७६
  • 572
    SHARES

काठमाडौँ । चिनियाँ राष्ट्रपति सि चिनफिङले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फोन गरेका छन् । उनले हाल विश्वव्यापी महामारीका रुपमा देखिएको कारोना भााइरसको विषयमा आज फोन गरेका हुन् ।

चिनियाँ मिडियाले दिएको समाचारअनुसार चिनियाँ राष्टपति सिले ट्रम्पलाई फोन गरी हालको प्राणघातक कोरोना भााइरसका विरुद्ध एक भएर लड्न आग्रह गरेका थिए ।

चिनियाँ राष्ट्रपति सिले हिजो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फोन गरेर सो प्रस्ताव राखेको बताइएको छ । चिनियाँ सरकारी मिडियाले आज सो विषयमा जानकारी गराएका हुन् । चीन र अमेरिका पछिल्लो समयमा कोरोनाबाट बढी प्रभावित भएका छन् । तर चीनमा भने यो भाइरसको सङ्क्रमण नियन्त्रणमा आइसकेको बताइएको छ ।

चीनको वुहानबाट निस्किएको यो भाइरसबाट हाल संसारका करिब पाँच लाख मानिस सङ्क्रमित भइसकेका छन् । साथै यसबाट २४ हजार भन्दा बढी नागरिकको ज्यान गइसकेको छ ।
चिनियाँ राष्ट्रिय प्रसारण सिसिटिभीले जनाएअनुसार चिनियाँ राष्ट्रपति सिले अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना भाइरससम्बन्धी सूचनाहरु आदानप्रदान गर्ने र आगामी दिनमा यसका विरुद्धमा मिलेर लड्ने प्रस्ताव गरेको बुझिएको छ ।

यसैबीच आजमात्र प्राप्त समाचारमा चीनमा भन्दा बढी सङ्क्रमित व्यक्ति अमेरिकामा भेटिएका छन् । अमेरिकामा हाल ८५ हजारभन्दा बढी व्यक्ति भेटिएका छन् भने त्यहाँ एक हजार भन्दा बढीको ज्यान गइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }