शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

लकडाउनको प्रत्यक्ष असर पोल्टी व्यबसायमा


  • माउन्टेन खबर
  • शनिबार, चैत्र १५, २०७६
  • 561
    SHARES

कोरोना संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनको प्रत्यक्ष प्रभाव सामान्य जनजीवनदेखि उद्योग व्यवसायसम्म परेको छ । दैनिक उपभोग्य वस्तुदेखि कृषिसम्मलाई अत्यावश्यक क्षेत्रमा राखिए पनि दाना अभाव भएपछि चितवन लगायत जिल्लाको पोल्ट्री व्यवसाय संकटमा परेको छ ।
केही दिनदेखि बजारमा ब्रोइलर र लेयर्स कुखुराका लागि आवश्यक दानाको अभाव भएपछि सम्बद्ध चितवनका किसान चिन्तित छन् । माग अनुसार दाना उत्पादन तथा सहजै फार्मसम्म ढुवानी नभएपछि आफूहरू मारमा परेको उनीहरूको गुनासो छ ।
भरतपुर महानगरपालिका–२३ का हृदयबन्धु घिमिरेले आफ्नो फार्ममा जम्मा २ दिनलाई मात्र पुग्ने दाना रहेको बताए । ‘८ हजार कुखुरा छन्, दाना पर्सिसम्मलाई मात्र पुग्छ होला,’ उनले भने । डिलरलाई पटक पटक दाना ल्याइदिन आग्रह गरे पनि कर्मचारी र ढुवानीको कारण देखाउँदै दाना नल्याइदिएको उनको भनाइ छ । उनको भन्दा दयनीय अवस्था भरतपुर महानगरपालिका–२१ का नारायण चालिसेको पनि छ । ‘मेरो खोरमा ५ हजार कुखुरा छन्, डिलरले क्यास नभई दिन्न भन्छ,’ उनले भने ।
आफूहरू रकम झिक्न बैंकसमेत जाने अवस्था नभएकोले कुखुरा भोकभोकै मर्न लागेको उनले बताए । यसअघि डिलरहरूले उधारो दाना दिने गरेको भए पनि लकडाउन भएपछि नगदमा मात्र कारोबार गर्न लागेको उनको भनाइ छ ।
दानाको सहज आपूर्ति नहुँदा र अण्डासमेत विक्री नभएपछि कुखुराका लागि दाना खरीद गर्न समेत समस्या भएको बताउँछन् पश्चिम चितवन अण्डा उत्पादक कृषक समूहका अध्यक्ष मेघबहादुर खड्का । ‘मलाई दैनिक १२ बोरा दाना चाहिन्छ । अब १ हप्तालाई पुग्ने दाना पनि छैन,’ उनले भने ।
दानाको अभाव हुन थालेपछि आफूले कुखुरालाई चाहिने दैनिक दानाको परिमाण घटाउँदै लगेको समेत खड्काले बताए । यता, दाना सप्लायर्स र उत्पादकहरूले भने लकडाउनपछि दाना उत्पादन नै कम गरिएको जिकिर गरेका छन् । ‘एक त फ्याक्ट्रीमा कर्मचारी कम छन्, अर्को कुरा कच्चापदार्थ क्यासमै किन्नुपरेको छ,’ अनमोल फिड्सका बजार प्रबन्धक राजु बरालले भने ।
चितवनमा देशभरको उत्पादनमध्ये ६० प्रतिशत मासु र अण्डाको उत्पादन हँुदै आएको छ । देशभर दैनिक १० लाख केजी मासु उत्पादन हुन्छ भने देशभर दैनिक २५ लाखको हाराहारीमा अण्डा उत्पादन हुँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }