बुधबार, भदौ २४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोभिड-१९ को सङ्क्रमण २०२ देशमा, साढे पाँच लाख मानिस सङ्क्रमित


  • माउन्टेन खबर
  • शनिबार, चैत्र १५, २०७६
  • 616
    SHARES

विश्वव्यापी रुपमा फैलिइरहेको कोभिड-१९ को सङ्क्रमण भएर विश्वभर २४ हजार जनाको मृत्यु भएको छ । २०२ देशमा फैलिइ सकेको भाइरसबाट झण्डै साढे पाँच लाख मानिसहरु सङ्क्रमित भइसकेको अमेरिका स्थित जोन हपकिन्स विश्वविद्यालयले जनाएको छ ।

सङ्क्रमण भएका मध्ये १ लाख २४ हजार भने उपचार पछि निको भएर घर फर्किएका छन् । इटली हिजो एकै दिन ९१९ जनाको मृत्यु भएपछि त्यहाँ अघिल्लो दिन मृतकको घटेको तथ्याङ्कले जगाएको आशा फेरि निराशामा परिणत भएको छ । त्यहाँ ९ हजार १३४ जनाको ज्यान गइसकेको छ । ६ हजार नयाँ विरामी थपिएपछि त्यहाँ ८६ हजार बढीको उपचार भइरहेको छ ।

स्पेनमा पनि ६४ हजार भन्दा बढीमा सङ्क्रमण पुष्टी भइसकेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ७६९ जनाको ज्यान गयो र मृत्यु हुनेको संख्या ४ हजार ८५८ पुगेको छ ।

बेलायतमा प्रधानमन्त्री बोरिस जोनसन र उनको सरकारका स्वास्थ्यमन्त्रीनै सङ्क्रमित भएका छन्। त्यहाँ १४ हजार ५४३ सङ्क्रमित भएकोमा ७५९ जनाको मृत्यु भइसकेको छ ।

फ्रान्समा झण्डै २ हजारको मृत्यु भइसकेको छ । यसैगरी विश्वमै धेरै एक लाख बढी सङ्क्रमित फेला परेको अमेरिकामा १३ सय जनाको मृत्यु भइसकेको छ । न्यूयोर्क शहरलाई केन्द्रविन्दू बनाएर फैलिइरहेको सङ्क्रमण न्यू ओरलियन्स, सिकागो, डेटरोइट मा पनि फैलन शुरु गरेको छ ।

भाइरसलाई नियन्त्रण गरेको चीनले भने बाहिरबाट आएकाहरुमा फेरि सङ्क्रमण देखा पर्न थालेपछि सबै विदेशीहरुलाई मुलुक प्रवेशमा अस्थायी प्रतिवन्ध लगाएको छ ।-

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)