बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

स्वास्थ्यकर्मीहरुका लागि अनिवार्य पीपीईको प्रबन्ध समयमै गर्न नसक्नु सरकारको सबैभन्दा ठूलो कमजोरी र लाचारी काँग्रेस महामन्त्री


  • माउन्टेन खबर
  • आइतवार, चैत्र १६, २०७६
  • 807
    SHARES

नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले स्वास्थ्यकर्मीहरुका लागि अनिवार्य पीपीईको प्रबन्ध समयमै गर्न नसक्नु सरकारको सबैभन्दा ठूलो कमजोरी र लाचारी भएको बताएका छन् ।

सरकार र स्वास्थ्यकर्मीका नाममा अपिल जारी गर्दै महामन्त्री कोईरालाले सबै जिल्लामा कोरोना परीक्षणको व्यवस्था गर्न सरकार संग माग गरेका छन् ।

चिकित्सा पेशाबाट राजनितिमा आएका काग्रेस महामन्त्री डा. कोइरालाले सरकारसँग स्वास्थ्यकर्मीहरुका लागि अनिवार्य रुपमा पीपीईको प्रवन्ध गरेर संक्रमितको उपचारका लागि उनीहरुको मनोबल उच्च बनाउन सरकार संग आग्रह गरेका छन् ।

विश्व स्वास्थ संगठनले बढीभन्दा बढी परिक्षणका लागि अपिल गरेको भन्दै महामन्त्री कोईराला ले अपिल मार्फत सरकारसँग सातै प्रदेशमा परिक्षण गर्ने ब्यवस्था मिलाउन समेत आग्रह  गरेका छन्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)