शुक्रबार, जेष्ठ ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

एक सातामा १३ सय पर्यटकको उद्धार


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १८, २०७६
  • 454
    SHARES

लकडाउन शुरू भएको एक साता अवधिमा नेपालका विभिन्न ठाउँमा रोकिएका १३ सयभन्दा बढी पर्यटकका उद्धार गरिएको छ ।

उद्धार गरिएकाहरूमध्ये ९ सय भन्दा बढी यूरोपेली पर्यटक आआफ्नो देश फर्किएका छन् भने केही फर्किने तयारीमा रहेको पर्यटन वोर्डले जनाएको छ ।
काठमाडौंस्थित अमेरिका, जर्मनी, फ्रान्स, स्वीट्जरल्याण्ड, रूस र अस्ट्रेलियाका दूतावास र नेपाल पर्यटन बोर्ड, टेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) लगायत संस्थाहरूको पहलमा  विभिन्न ठाउँबाट पर्यटकहरूको उद्धार गरिएको हो।

पोखरा र लुक्लाबाट भने पर्यटकसहित काठमाडौं आउनुपर्ने नेपाली सहयोगी तथा गाइडको समेत उद्धार गरिएको  छ ।

यसरी उद्धार गरिएकामध्ये ३०० जना अमेरिकन पर्यटक आज (मंगलवार) कतार एयरवेजको चार्टर्ड विमानमार्फत स्वदेश फर्किंदै छन्।

बुधवार नेपाल एयरलाइन्सको विमानबाट पनि यति नै संख्यामा अस्ट्रेलियन नागरिक स्वदेश फर्किंदै छन् ।
अप्रिल १ मा अस्ट्रेलिया जान निगमको वाइडबडी जहाज बुक भएको नेपाल वायुसेवा निगमले पुष्टी गरेको छ।

सरकारले वैशाख ३गतेसम्मका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय उडान रोके पनि आपत्कालीन र कार्गो उडानका लागि प्राधिकरणको अनुमति लिएर सञ्चालन गर्न सकिने व्यवस्था छ ।

सोही अनुसार अमेरिका र अस्ट्रेलियाले आफ्ना नागरिकलाई चार्टर्ड विमानमार्फत लैजान लागेका हुन् । तर आउने विमानले यात्रु लिएर आउन भने पाउँदैनन् ।
कोरोना भाइरस संक्रमण नियन्त्रण समन्वय उच्च स्तरीय उपसमितिले गत आइतवार सबै आन्तरिक तथा अन्तरराट्रिय उडान स्थगित गर्ने बैशाख ३ गते सम्मका लागी रोक्ने निर्णय गरेको थियो ।

केही दिनदेखि स्वदेशी विमान सेवा कम्पनीहरूले देशभित्रबाट पर्यटकलाई उद्धार गरी ल्याएका छन् भने चार्टर्ड उडानमार्फत पर्यटकलाई विदेश लगिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }