
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संकटका नाममा भ्रष्टाचारलाई उन्मुक्त दिन नहुने बताएका छन् । उनले अहोरात्र जारी मेहनतलाई प्रत्साहिन गर्ने तर संकटका गरिएको भ्रष्टाचारलाई उन्मुक्ति दिन नहुने भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई पत्र लेखेका हुन् ।
सामाजिक संजाल ट्विटरमार्फत अख्तियारलाई स्मृति पत्र लेख्दै संकटका बेला सबै दल र नागिकरले साथ दिइरहँदा अनियमितता नोटिसमा लिन अख्तियारलाई ध्यानाकर्षण गराएका हुन् ।
विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा उपचारका लागि सरकारले चीनबाट ल्याएको सामान खरिदमा व्यापक अनियमिता भएको भन्दै चौतर्फी विरोध भइरहेको छ ।
चीनबाट ल्याइएको स्वास्थ्य सामग्रीमध्ये चिनियाँ दूतावास र ज्याक मा पाउन्डेसनले उपलब्ध गराएको सामग्री र सरकारले खरिद गरेको सामग्रीको मूल्यमा ठूलो अन्तर देखिएपछि सरकारले संकटको बहानामा भ्रष्टाचार गरिरहेको भन्दै समाचारहरु प्रकाशित भईरहेका छन्।