सोमवार, बैशाख ३१, २०८१

आजदेखि सुर्खेतमै परीक्षण


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र २०, २०७६
  • 474
    SHARES

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको परीक्षण गर्ने मेसिन र विशेषज्ञ पठाएसँगै आजदेखि सुर्खेतमा यसको परीक्षण शुरु हुने भएको छ ।

वीरेन्द्रनगर कालागाउँस्थित प्रदेश अस्पतालमा स्थापना गरिएको कोरोना परीक्षण प्रयोगशाला आजदेखि सञ्चालनमा आउने भएको हो । प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्काले कर्णालीका सबै जिल्लाबाट कोरोना आशङ्कित बिरामीको नमूना सङ्कलन गरी यहाँबाटै परीक्षण गरिने जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्णालीका लागि कोभिड–१९ को परीक्षण गर्ने आरटीपिसीआर मेसिनसँगै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत डा रामकृष्ण श्रेष्ठलाई विशेषज्ञका रुपमा खटाएको छ ।

विशेषज्ञ डा श्रेष्ठले एक साता सुर्खेतमै रहेर चिकित्सक तथा ल्याब कर्मचारीलाई आवश्यक परामर्श दिनेछन् ।

उनले एक दिनमा १० जना जतिको परीक्षण गर्न सकिने र एक घण्टाको अवधिमा एउटा नमूनाको नतिजा बाहिर आउने जानकारी दिए ।

यसका लागि स्वास्थ्य मन्त्रालयले कर्णालीमा एक हजार किट पठाइसकेको छ । यसअघि कोरोना परीक्षणका लागि नमूना सङ्कलन गरी काठमाडौँ पठाउनुपर्ने बाध्यता थियो ।

सुर्खेतमै कोरोनाको परीक्षण हुने भएपछि रिर्पोट छिटो आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }