शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकामा कोरोना भाइरस संक्रमित संख्या दुई लाख नाघ्यो


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र २०, २०७६
  • 389
    SHARES

विश्वको सर्वशक्तिमान राष्ट्र अमेरिकाले कोरोना भाइरसको संक्रमित संख्यामा सबैलाई उछिनिसकेको छ। संक्रमित संख्यामा दोस्रो स्थानमा रहेको इटालीमाभन्दा अमेरिकामा झण्डै दोब्बर बढी संक्रमित भइसकेका छन् ।

बितेको २४ घन्टामा अमेरिकामा संक्रमित र मृतक दुवै संख्यामा व्यापक वृद्धि भएको छ । अमेरिकामा पछिल्लो तथ्यांक अनुसार २ लाख १४ हजार ८ सय ३६ जना संक्रमित भइसकेका छन् । मृतकको संख्या ५ हजार ९९ पुगेको छ ।

अमेरिकामा २ लाख २० हजार मानिसको कोरोना संक्रमणबाट मृत्यु हुनसक्ने प्रक्षेपण गरेको भोलिपल्ट नै संक्रमित संख्यामा व्यापक वृद्धि भएको हो । ह्वाइट हाउसले नै दुई लाखभन्दा बढी मानिसको मृत्यु हुनसक्ने प्रक्षेपण गरेको हो ।

अमेरिकाको न्युयोर्कमा सबैभन्दा बढी मानिस संक्रमित भएका छन् । वार्षिक साँढे सात करोड पर्यटक पुग्ने न्युयोर्क सबैभन्दा मारमा परेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }