सोमवार, बैशाख ३१, २०८१

सुर्खेतमा पीपीईको उत्पादन शुरू


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र २५, २०७६
  • 481
    SHARES

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कोरोना भाइरस परीक्षण तथा संक्रमितको उपचारका लागि स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई)को उत्पादन शुरू गरिएको छ । भाइरसको परीक्षणका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्रीको अभाव भइरहेको बेला सुर्खेतमै यसको उत्पादन शुरू गरिएको हो ।
वीरेन्द्रनगरमा रहेका मुनाल गार्मेन्ट उद्योग र देउती होजियारीले पीपीई उत्पादन गर्न थालेका छन् । केन्द्र सरकारले उपलब्ध गराए पनि पर्याप्त नभएकाले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले स्थानीयस्तरमै पीपीई तयार गर्न निर्देशन दिएको थियो ।

सामाजिक विकासमन्त्री दल रावल र प्रदेश अस्पताल सुर्खेतका चिकित्सक डा. नवराज केसीसँग समन्वय गरेर पीपीई उत्पादन शुरू गरिएको मुनाल गार्मेन्ट उद्योगका सञ्चालक भानुभक्त खड्काले बताए ।

सञ्चालक खड्काले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूले प्रयोग गर्ने गरी तत्काललाई दुई हजार थान गाउन तयार गरिरहेको जानकारी दिए । लकडाउनका कारण कच्चापदार्थ ढुवानीमा समस्या भएको उनको भनाइ छ । ‘यद्यपि सरकारसँग समन्वय गरी कच्चापदार्थ मगाउने काम भइरहेको छ,’ उनले भने । कामदारको सुरक्षासहित उद्योग सञ्चालन गरिएको उनको भनाइ छ ।

हालसम्म ५०० थान तयार गरिसकेको उनले बताए । प्रदेश अस्पतालका चिकित्सकको निर्देशनमा शतप्रतिशत गुणस्तरीय पीपीई तयार गरिएको दाबी उनले गरे ।
नेपाली सेनाका लागि आएको पीपीईको नमूना हेरेर कालिगडले स्वास्थ्यकर्मीका लागि पीपीई तयार गरिरहेका छन् । प्रदेश अस्पतालका चिकित्सक डा. केसीले पीपीई नहुँदा स्वास्थ्यकर्मीले जोखिम मोलेर कोरोना भाइरसको सम्भावित संक्रमण जाँच गरिरहेको बताए । अप्ठ्यारो परिस्थितिमा स्थानीय गार्मेन्टहरूसँग समन्वय गरेर पीपीईको उत्पादन शुरू गरिएको सामाजिक विकास मन्त्रालयको भनाइ छ

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }