मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लोकसेवाका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित


  • माउन्टेन खबर
  • बुधबार, चैत्र २६, २०७६
  • 619
    SHARES

स्वास्थ्य महामारी बनिरहेको कोभिड-१९ को सङ्क्रमण जोखिम र देशव्यापी घोषणा गरिएको लक डाउनका कारण लोकसेवा आयोगले सबै लिखित परीक्षा एवम् अन्तर्वार्ताका कार्यक्रमहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ ।

आयोगले सूचना जारी गर्दै कोभिड-१९ का कारण उत्पन्न भएको स्वास्थ्य-सुरक्षा संवेदनशीलतालाई ध्यान दिदैं पूर्व निर्धारित सबै परीक्षा कार्यक्रमहरु हाललाई स्थगित गरिएको जनाएको हो ।

यसअघी आयोगले चैत्र मसान्तसम्मका लागि तय भएका सबै परीक्षा कार्यक्रमहरु स्थगित गरेको थियो । आयोगले पूर्व स्थगन गरिएका सबै परीक्षा र २०७७ सात बैशाख १ गतेदेखि आयोगबाट सञ्चालन हुने लिखित परीक्षा एवम् अन्तर्वार्ता र आयोगले आर्थिक बर्ष २०७६/०७७ को बार्षिक कार्यतालिका अनुसार यहि चैत्र महिनाको अन्तिम वुधवार प्रकाशन गर्नुपर्ने रा प अनंकित द्वितिय श्रेणीका प्राविधिक पदहरुको विज्ञापन पनि अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

स्थिति सामान्य भइसकेपछि सबै स्थगित परीक्षा लिइने आयोगले जनाएको छ ।।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)