शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

भक्तपुरको बिस्काट जात्रा पनि प्रभावित


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र २७, २०७६
  • 461
    SHARES

भक्तपुरमा मनाइदै आएको बिस्काः जात्रा यस वर्ष नमनाइने भएको छ ।

कोरोेना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम कमगर्न देशभर लकडाउन गरिएकाले भक्तपुरको बिस्काः जात्रा अर्थात बिस्केट जात्रा यस वर्ष नमनाइने भएको छ । देशमा अनिकाल, रोग, व्याधि, शत्रु नाशको कामना गर्दै मनाइने बिस्काः जात्रा विश्वव्यापी रूपमा देखिएको महामारीका कारण रोकिन पुगेको हो । चैत २७ गते बेलुकादेखि सुरु भएर आठ दिन नौ रात सम्म मनाइने बिस्काः जात्रा भक्तपुरको मुख्य जात्राको रुपमा लिइन्छ । स्थानीय भाषामा बिस्काः भनिने यो जात्रालाई बिस्केट जात्राको रुपमा पनि चिनिन्छ ।

भक्तपुर नगरको केन्द्रमा अवस्थित पाँचतले र भैरवनाथको मन्दिर प्रांगणमा निर्माण गरिएको तीनतले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्का जात्रा सुरु हुन्छ । तर यसपटक लकडाउनका कारण रथ निर्माणको कामले पूर्णता समेत पाउन सकेको छैन् । गुठी संस्थानले यो वर्ष भैरवनाथको नयाँ रथ बनाउन बेतसीलगायत छानाका विभिन्न भाग तथा चारैवटा पांग्रा नयाँ निर्माण गराएको थियो । रथ तान्ने काम नभएपछि जात्रा पूजाआजामा सिमित हुने भएको छ ।

करिब २ हजार वर्ष लामो इतिहास रहेको बिस्काः जात्रा पहिलोपटक रोकिएको प्राध्यापक डा. पुरुषोत्तम लोचन श्रेष्ठले बताउनुभयो । नेपाल संवत् ७ सय ४१ को चैत शुक्ल पूर्णिमाको दिन भैरवको रथ तान्ने क्रममा रथ पल्टिएको र त्यसलाई फेरी बनाएर जात्रा दोहो¥याएर निकालिएको श्रेष्ठले बताउनुभयो । त्यस समयमा जात्रा रोकिएपछि विभिन्न विधानबाट क्षमा पूजा र राँगो बलि दिएर जात्रा पुनः सञ्चालन गरिएको इतिहास रहेको उहाँले बताउनुुभयो।

जात्रा स्थगित भएपछि त्रान्त्रिक विधिबाट पूजाआजा गर्ने अथवा रथ एवं लिगो ठड्याउने काम गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भक्तपुरको तलेजु मन्दिरभित्र नै सुनको लिंगो बनाई उठाउने र विधि विधानअनुसार रथ तानेर जात्रालाई सम्पन्न गर्नुपर्ने बताउनुभयो । उहाँले बिस्काः जात्राको स्थापना कालदेखि नै इतिहासमा फेला नपरेकाले यो नै पहिलोपटक रथ तान्न नपाउने गरी जात्रा स्थागित भएको इतिहास बन्ने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }