मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सांसद आचार्यद्धारा रसुवाका सुरक्षाकर्मी र स्वास्थ्यकर्मिलाई स्वास्थ्य सामग्री सहयोग


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र २७, २०७६
  • 1.4K
    SHARES

रसुवाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद मोहन आचार्यले जिल्लामा कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचारमा खटिने स्वास्थ्यकर्मि र सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् । बिहिबार जिल्ला प्रशासन कार्यालय रसुवामा प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारी मार्फत जिल्लाका स्वास्थ्यकर्मि तथा सुरक्षाकर्मीलाई आवश्य स्वास्थ्य सामाग्री उपलब्ध गराएका हुन् ।


सांसद आचार्यले प्रमुख जिल्ला अधिकारी भण्डारीलाई ४० थान पि.पि.ई., एन ९५ मास्क ४ सय थान र पन्जा १५ सय थान स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । सांसद आचार्यले प्रदान गरेका सामग्रीहरु जिल्लामा कोरोना नियन्त्रणका लागि खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई प्रदान गरिने बताइएको छ ।


जिल्लामा कोरोना नियन्त्रण अभियानमा खटिएका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्रीको अभाव हुन नदिन आफूले उक्त सामग्री उपलब्ध गराएको सांसद आचार्यले बताए । सामाग्रीको अभाव भएमासम्भब भएसम्म आफुले उपलब्ध गराउदै जाने समेत सांसद आचार्यले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)