मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सडकमा अलपत्र पर्नेलाई गासबासको ब्यवस्था गर्न सरकार संग काँग्रेस बरिष्ठ नेता पौडेलको माग


  • माउन्टेन खबर
  • शनिबार, बैशाख ६, २०७७
  • 631
    SHARES

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सडकमा अलपत्र हजारौं श्रमिक तथा सिमान्कृत वर्गका लागि कि खाना र आवास व्यवस्था गर्न   सरकारसित माग गरेका छन् ।

‘मजदुर, बिरामी र सिमान्तकृत वर्ग आफू कार्यरत र बसेको ठाँउमा किन बस्न सकेनन् ? सरकारले जवाफ दिनु पर्छ । बाटामा हजारौ हजारलाई भोकभोकै बिचल्ली पार्नु भएन । कि उनीहरूलाई जहा छन् त्यही खाने र बस्ने व्यवस्था मिलाऊ, कि सहज ढंगले घर जान देऊ,’ पौडेलले भने ।

उनले प्रदेश र स्थानीय सरकारसित समन्वय गरेर राजमार्गमा अलपत्र सबैलाई खाने र बस्ने व्यवस्था मिलाउन संघीय सरकारलाई आग्रह गरे । आफू बसेको ठाउामा सम्बन्धित स्थानीय सरकारबाट राहत नपाएकै कारण श्रमिक वर्ग, सिमान्तकृत गर्भवती, बच्चा बोकेका महिला, बिरामी सयौं किलोमिटर हिडेर घर जान बाध्य भएको यथार्थबारे सरकार गम्भीर हुनु पर्ने पौडैलले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)