मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काँग्रेस सभापति देउवा व्दारा पैदल हिँडेर घर गइरहेका नागरिकलाई आवश्यक सहयोग गर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह


  • माउन्टेन खबर
  • शनिबार, बैशाख ६, २०७७
  • 517
    SHARES

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनका कारण काठमाडौँलगायत विभिन्न क्षेत्रबाट खाना र बस्ने व्यवस्था नभएपछि पैदल हिँडेर घर गइरहेका नागरिकलाई आवश्यक सहयोग गर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

उहाँले आज ट्वीटमार्फत पार्टीका स्थानीय तह र भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी एवं सदस्यलाई सामाजिक दूरी कायम गरी त्यस्ता नागरिकलाई आ–आफ्नो क्षेत्रमा खाना र राति भए आवासको प्रबन्ध मिलाउन आग्रह गर्नुभएको हो ।

साथै सभापति देउवाले काठमाडौँमा श्रम गरिरहेका र हाल खाना तथा बस्ने व्यवस्था नहुँदा सयौँ किलोमीटर पैदल हिँडेर घर गइरहेका जनतालाई सरकारको भरथेग सबैभन्दा बढी हुनुपर्ने उल्लेख गर्नुभएको छ तर सरकारमा बसेका त्यो यात्राको दर्शक मात्रै भएको उहाँको टिप्पणी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)