शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

एचआईभी संक्रमित बालबालिकालाई राहत


  • माउन्टेन खबर
  • शनिबार, बैशाख ६, २०७७
  • 536
    SHARES

राष्ट्रिय एचआईभी÷एड्स महासंघ नेपाल (एनएपीएन) ले एचआईभी संक्रमित १२ वर्षमुनिका बालबालिकालाई दुईमहिनाको लागि राहत वितरण गर्ने भएको छ ।

जीवनदायिनी एन्टिरेट्रोभाइरल (एआरभी) औषधि खाइरहेका देशभरका ६ सय ६८ बालबालिकालाई राहत वितरण गरिने महासंघले जनाएको छ । महासंघले प्रतिमहिना ८ किलो चामल, १ किलो दाल, १ किलो गेडागुडी, १० वटा अण्डा, १ किलो गहुँको पीठो, १ किलो चिनी राहत स्वरुप प्रदान गरिने एनएपीएनका अध्यक्ष राजेश दिदियाले जानकारी दिनुभयो । यसैगरी दूध दुई लिटर, फलफूल एक किलो र खाने तेल एक लिटर वितरण गरिनेछ । उक्त राहतसँगै यातायात खर्चवापत ८० रुपैयाँसमेत प्रदान गरिने उहाँले जानकारी दिनुभयो । महासंघको खर्च नहुने र भइपरी आउने बजेटबाट रकम छुट्याएर २ वर्षमुनिका ६ सय बालबालिकालाई राहत वितरण गरिने उहाँले बताउनुभयो ।

एचआईभी संक्रमित ४५ वर्षमाथिका ७ सय ३२ जनालाई पनि बालबालिका सरह दुई महिनाको लागि राहतस्वरुप खाद्यान्न तथा पोषण सहयोग गरिने भएको छ । अभिभावक गुमाएका अति गरिब तथा विपन्न १२ वर्षमुनिका बालबालिका र ४५ वर्षमाथिका संक्रमितहरुलाई एनएपीएनमा आवद्ध ५९ वटा समुदायमा आधारित गैरसरकारी संघसंस्थाले बालबालिकालगायतलाई उक्त राहत वितरण गर्नेछन् । नेपालमा १६ वर्षमुनिका एकहजार तीनसय ४५ जना बालबालिका एचआईभी संक्रमित रहेका छन् । जसमा सात सय ३० बालक र ६ सय १५ बालिका रहेका छन् । उनीहरुमा पनि एक अभिभावक गुमाएका बालबालिकाको संख्या पाँचसय पचास रहेको अध्यक्ष दिदियाले जानकारी दिनुभयो । एकसय ९१ बालबालिकाका दुवै अभिभावक छैनन् ।

एनएपीएनको तथ्यांकअनुसार सुदूरपश्चिममा सबैभन्दा बढी तीनसय दश बालबालिका एचआईभी संक्रमित रहेका छन् । त्यस्तै प्रदेश ५ मा दुई सय ९२, बागमती प्रदेशमा दुई सय ७४, प्रदेश २ मा एकसय ७२, गण्डकी प्रदेशमा एकसय ४८, प्रदेश १ मा ९७ र सबैभन्दा कम कर्णाली प्रदेशमा ५२ जना एचआईभी संक्रमित बालबालिका छन् ।

सरकारले ग्लोबल फण्डमार्फत एचआईभी संक्रमित बालबालिकालाई प्रत्येक महिना एकएक हजार रुपैयाँसमेत उपलब्ध गराउँदै आएको छ । एनएपीएनले घरदैलो गरी कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न सरकारले गरेको लकडाउनको समयमा घरदैलोमार्फत देशभरका एचआईभी संक्रमितको हातहातमा एआरभी औषधि पुर्याउँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }