मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

थानकोट नाका हुँदै घर जान लागेका नागरिकहरुलाई चन्द्रागिरी नगरपालिकाले क्याम्प बनाएर राख्यो


  • माउन्टेन खबर
  • शनिबार, बैशाख ६, २०७७
  • 776
    SHARES

 

थानकोट नाका हुँदै घर जान लागेका नागरिकहरुलाई चन्द्रागिरी नगरपालिकाले क्याम्प बनाएर राखेको छ ।

लक डाउनका कारण हिडेर आफ्नो घर जान लागेका नागरिकहरुलाई चन्द्रगिरी नगरपालिकाले थानकोटमा क्याम्प बनाएर राखेको हो ।

लक डाउनका कारण बाटोमा अलपत्र परेका श्रमिक, मजदुरहरुलाई नगरपालिकाले क्याम्प बनाएर राखेको हो । विभिन्न जिल्लामा मजदुरी गर्दै आएका तर लक डाउनका कारण उपत्यका हुँदै हिडेर घर जान लागेका उनीहरुलाई खाने र बस्ने व्यवस्थासहित क्याम्पमा राखिएको छ ।

कुनै पनि नागरिकले कष्ट झेल्न नपरोस भनेर खाने, बस्ने व्यवस्थासहित स्वास्थ्य जाँच गरी क्याम्पमा राखिएको काठमाडौं क्षेत्र नम्बर १० बाट निर्वाचित सांसद अञ्जना विशंखेले जानकारी दिईन। थानकोटमा रहेको त्रिभुवन पार्कमा निर्माण गरिएको क्याम्पमा अहिले ३ सय जनाले आश्रय लिएका छन्।

त्रिभुवन पार्क बस्तीभन्दा टाढा छ । पिकनिक स्पट भएकाले लक डाउनको समयमा अन्य कुनै पनि व्यक्तिको सम्पर्कमा उनीहरु सांसद अञ्जना विशंखेले जानकारी दिईन।

विभिन्न १५ वटा स्टल बनाएर उनीहरुको खाने बस्ने व्यवस्थापन गरिएको छ । नेपाली सेनाले डिसइन्फेक्सनको काम गरिरहेको छ । स्वास्थ्य जाँच कक्ष निर्माण गरी उनीहरुको स्वास्थ्य पनि जाँच भइरहेको छ ।

तराईका विभिन्न जिल्ला जाँदै गरेका श्रमिकहरुले क्याम्पका कारण खान बस्न सजिलो भएपनि कुनै व्यवस्था गरी घरसम्म जानपाए हुन्थ्यो भन्ने धारणा व्यक्त गरेका छन् ।

सामाजिक दुरी कायम राख्न विभिन्न समूह बनाएर आफ्नो समूहमा भएका समस्या समूह नेता मार्फत भन्ने व्यवस्था गरिएको छ । छुट्टै हात धुने व्यवस्था गरिएको छ । यसैगरी स्यानिटाइजर र मास्क पनि उनीहरुलाई दिइएको छ । क्याम्पबाट कोही बाहिर जान नपाओस भनेर प्रहरीले चोकचोकमा गस्ती गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)