शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले दीर्घ रोगीलाई घर घरमा औषधी पुर्याउने


  • माउन्टेन खबर
  • शनिबार, बैशाख ६, २०७७
  • 333
    SHARES

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले गाउँपालिकाभरिका दीर्घ रोगीहरुले नियमित सेवन गर्ने औषधी निशुल्क रुपमा घर घरमा उपलब्ध गराउने भएको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि लकडाउन गरिएसँगै नागरिकहरु घर बाहिर निस्कन नपाउने र नजिकैको फार्मेसीमा आवश्यक पर्दा नपाइने हुदाँ गाउँपालिकाले दीर्घ रोगीहरुले नियमित सेवन गर्ने औषधी निशुल्क रुपमा घर घरमा उपलब्ध गराउने भएको हो ।

लकडाउन अझै लम्बिन सक्ने र लामो दुरीको यात्रा असहज हुने भएकाले नियमित औषधी सेबन गर्नुपर्ने तथा दीर्घ रोगले ग्रसित बिरामीले सेवन गर्ने औषधी गाउँपालिकाले खरिद गरि बिरामीको घर घरमा निशुल्क रुपमा पुर्याउने लागिएको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पू तामाङले बताए ।

गाउँपालिका भित्र रहेका नियमित औषधी सेवन गर्ने मुटु, किड्नी, दम, उच्चरक्तचाप, मधुमेह तथा अन्य समस्या भएका बिरामीहरु छन्, । लकडाउन अझै लम्बिदै जानसक्ने अवस्था छ, त्यस कारण अत्यावश्यक कुनै कारणले लामो दुरीको यात्रा गर्न समेत असहज हुनेछ, उनले भने, त्यसैले जो जसले नियमित रुपमा औषधी सेवन गर्नुपर्ने र गर्दै आउनुभएको छ, जुन जिल्लामा पाइदैन्, उहाँहरुलाई लकडाउन अवधिभर स्वदेशमा पाउने औषधी घरघरमा निशुल्क रुपमा पुर्याउछौँ, ।

नजिकको स्वास्थ्य चौकी प्रमुख तथा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेबीकालाई आफुले नियमित सेवन गर्दै आएको औषधी टिपाउन अध्यक्ष तामाङले अनुरोध गरेका छन् । सोमबार भित्रमा औषधीको नाम, मात्रा, परिमाण सहितको बिरामी पुर्जाको सक्कल अथवा फोटोकपी पेस गरि बिबरण उपलब्ध गराउन पनि गाउँपालिकाले सुचना निकाली सबैमा अनुरोध गरेको छ ।

लकडाउनको नियमलाई पुर्ण रुपले पालना गर्न र नागरिकले पाउनु पर्ने अत्याबस्यक स्वास्थ्य सेवामा सहजीकरणको लागि यस्ता खालका कार्य अघि बढाइएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }