बुधबार, बैशाख २६, २०८१

नेपाल अमेरिका पत्रकार संघ द्धारा सहयोग सामाग्री बितरण


  • माउन्टेन खबर
  • सोमवार, बैशाख ८, २०७७
  • 776
    SHARES

अमेरिका- संसारभरि फैलिएको कोभिड—१९ का कारण हजारौ  मानिस प्रभाभित भएको अबस्थामा यसको  सामना गर्न  केही राहत होस भनेर नेपाल अमेरिका पत्रकार सघं  नेजाले सहयोग सामाग्री बितरण  गरेको छ ।

नेजाले अमेरीकाको न्यूयोर्क राज्यमा महामारीको संकटमा परेका नेपालीहरुलाई केही सहयोग होस भनेर एन-९५ मास्क (५० थान), ग्लोभ्स (२०० थान) गैर आवासीय नेपाली संघ (एनआरएनए) न्युयोर्क च्याप्टर अध्यक्ष रामहरि अधिकारी पठाएको  कार्यवहाक अध्यक्ष विकासराज न्यौपानेले बताए  छन् ।

त्यसैगरी गत शुक्रबार कोभिड—१९ का कारण संकटमा पेरेका बिद्मार्थीहरुलाई शुक्रबार सहयोग सामाग्री वितरण गरीएको छ । ड्यालसको अर्भिङ्गक्षेत्रमा रहेका नेपाली बिद्मार्थीहरुलाई जनही दुई क्रेट अण्डा र चार पाउण्ड ब्रेड वितरण गरेको हो । हिमालयखबर डटकम र व्यावसाही देबेन्द्र गजुरेलको सहयोगमा नेजाका कार्यवहाक अध्यक्ष विकासराज न्यौपाने,  गैर आवासीय नेपाली संघ (एनआरएनए) टेक्सास च्याप्टर सचिव सोफीन थापा र व्यावसाही देबेन्द्र गजुरेलको उपस्थीतीमा उक्त सहयोग सामाग्री वितरण गरिएको हो । यो एउटा सुरुवात मात्र हो आगामी दिनमा नेपाली बिद्मार्थीहरु रहेका डयालस फोर्टवोर्थका अन्य क्षेत्रहरुमा समेत निरन्तर सहयोग गर्ने पनी थापाले बताए ।

नेजाका कार्यवहाक अध्यक्ष विकासराज न्यौपानेले ‘समस्याको बेला एक नेपाली ले अर्को नेपालीलाई सहयोग गर्नु नै मानविय धर्म र हाम्रो दायित्व भएकोले आगामी दिनमा नेजाले निरन्तर सहयोग गर्ने’ बताए । नेजा अमेरीकामा कार्यरत पत्रकारहरुको साझा संस्था भएकोले पत्रकारहरुको दुख शुखमा साथ दिनु नेजाको कर्तव्य भएको अध्यक्ष न्यौपानेले बताए ।

त्यसैगरी हिमालय खबर डटकमले कोभिड १९का कारण न्युयोर्कका नेपालीहरुमा परेको असरलाई केही भए पनि कम गर्नेका लागी कोरोना विरुद्ध सचेतना एवं सहयोग समूह न्युयोर्कमा महत्वपुर्ण भुमिका खेलेका जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्ट मार्फत बितरण गर्नका निम्ति एन-९५ मास्क (२५  थान) , १३ बक्स टायनल, ग्लोभ्स (३०० थान) पठाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }