बिहिबार, भदौ २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सर्वत्र विरोध भएपछि सरकारले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लियो


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख १२, २०७७
  • 517
    SHARES

काठमाडौं । सर्वत्र विरोध भएपछि सरकारले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी  अध्यादेश फिर्ता लिएको छ ।

प्रधानमन्त्री निवास बाुलवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।

सरकारले यही वैशाख ८ गते ती दुई  अध्यादेश जारी गरेको थियो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणित गरेपछि राजपत्रमा प्रकाशित गरिएको थियो ।

राजनीतिक दल सम्बन्धी अध्यादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलको नेता विना संवैधानिक परिषद्को बैठक बसेर आवश्यक निर्णय गर्न सक्ने व्यवस्था गरिएको थियो ।

पार्टी फुटाउने उद्देश्यले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएर सरकारले अस्थीरता निम्ताउन खोजेको र प्रतिपक्षी दलको नेता विना संवैधानिक परिषदले निर्णय गर्न सक्ने व्यवस्था गरेर संविधानको मर्म विपरीत सरकार हिँड्न खोजेको भन्दै नेकपाभित्र र बाहिर आलोचना भइरहेको छ ।

पार्टीभित्र छलफल नै नगरी प्रधानमन्त्रीले एकलौटी ढंगबाट अध्यादेश ल्याएको भन्दै नेकपामा चर्को विवाद भएपछि प्रधानमन्त्री आफ्नो निर्णयबाट पछि हटेका हुन् ।

नेकपाका शीर्ष नेताहरुको तहमा समेतअध्यादेशलाई लिएर विवाद उत्पन्न भएपछि  प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता लिन दवाब परेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)