काठमाडौं । प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमण स्वीकृत भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डललाई अमेरिका भ्रमणको अनुमति दिने निर्णय गरेको हो।
सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई महासभामा सहभागी हुन अमेरिका जाने स्वीकृति प्रदान गरिएको जानकारी दिए।
