मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

हवाइ उडान जेठ २ गतेसम्म बन्द रहने,लकडाउनको सम्बन्धमा आगामी मन्त्री परिषद् बैठकले निर्णय गर्ने


  • माउन्टेन खबर
  • शनिबार, बैशाख १३, २०७७
  • 623
    SHARES

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान आगामी जेठ २ गतेसम्म बन्द रहने भएको छ ।

कोरोना रोकथाम सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले तत्काल हवाई उडान सुचारु गर्न नसकिने निश्कर्ष  निकालेको छ ।

सोही निश्कर्षका आधारमा हवाइ उडान बन्द गर्ने निर्णयमा सरकार पुगेको हो । यस अधि हवाई उडानहरु अप्रिल ३०  अर्थात बैशाख १८ गते सम्मका लागी स्थगित थियो । यसलाई जेठ २ गते सम्म लम्ब्याउने निर्णय  सरकारले गरेको हो।

लकडाउनको अबधि तथा स्वरुप कस्तो हुने भन्ने विषयमा आगामी मन्त्री परिषद बैठकले निर्णय गर्ने प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव नारायणप्रसाद विडारीले जानकारी दिए ।

बैठकले पहिचान परिक्षण तथा उपचारको दायरालाई बढाउने र अझै प्रभावकारी बनाउने निर्णय पनि गरेको छ । कोरोना भाइरस रोकथाम गर्न समन्वय गर्ने सबै प्रदेशका मन्त्री सहितको बैठकले हालसम्म भैरहेका काम कारवाहीको समेत समिक्षा गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)