शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

लकडाउन खुकुलो पार्दै लैजानुपर्ने, सदाका लागि एसईई बन्द गर्न गणेशमान सिंह अध्ययन प्रतिष्ठानको सुझाव


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख १६, २०७७
  • 911
    SHARES

काठमाडौं । लकडाउन लम्बिँदै जादा अर्थतन्त्र गम्भीर मोडमा पुगेकाले अर्थतन्त्रको चक्र नै बिग्रिने अवस्था आएको गणेशमान सिंह अध्ययन प्रतिष्ठानले निश्कर्ष निकालेको छ ।

सरकारले कोरोना भाइरसको संक्रमण रोक्न चैत ११ गतेदेखि लकडाउन गरेकाले दैनिक ज्यालादारीको रोजगारी गुमेको, उद्योगधन्दा ठप्प भएको र आपूर्तिमा समेत गम्भीर समस्या देखा पर्ने भएकाले लकडाउनलाई केही खुकुला बनाएर लैजान सरकारलाई सुझाएको छ ।

पूर्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री नविन्द्रराज जोशीको अध्यक्षतामा गठित राहत तथा आर्थिक प्रवद्र्धन प्याकेज अध्ययन समितिले कोभिड १९ बाट अर्थतन्त्रको पारेको प्रभाव र राज्यले पूरा गर्नुपर्ने दायित्वको बारेमा अध्ययन समेत गरिरहेको छ ।

अध्ययनका अध्यक्ष जोशीले मुलुक लकडाउनमा गएको र यसले सामाजिक जीवनका हरेक आयामका साथै अर्थतन्त्रमा निकै ठूलो असर पारिसकेकाले केही खुकुलो नीति लिनुपर्ने बताइएको छ ।

लकडाउनको यही अवस्था र तरिकालाई निरन्तर दिन उपयुक्त नहुने उनको भनाइ छ । जीवन रक्षाको आवश्यकता, अवस्था, र औचित्य हेरी संक्रमणवाट बच्ने अन्य उपायहरु अबलम्बन गर्दै क्रमिक रुपमा विशेष ठाऊँहरुमा लकडाउन खुकुलो पार्दै लैजानु पर्ने देखिएको छ । यसका लागि आवश्यक रणनीति तयार पार्न र सरकारका संबन्धित सबै निकायहरुबीचको समन्वयको आवश्यकता र संवेदनशिलतालाई ध्यान दिन पनि प्रतिष्ठानले आग्रह गरेको छ ।

दैनिक काम गरेर आफू र आफ्नो परिवार पाल्नुपर्ने (अनौपचारिक क्षेत्रमा तथा दैनिक ज्यालादारीमा काम गर्ने र गरिब परिवार) समूह प्रति राज्यको ठूलो जिम्मेवारी रहन्छ र राज्य यसतर्फ सक्रिय हुनु आवश्यक रहेको उनको भनाइ छ ।

राज्यले लकडाउनको घोषणासँगै आम नागरिकको दैनिक गुजाराको व्यवस्थापन र अर्थतन्त्रलाई चलायमान वनाउँदै जाने कुराको तयारी गर्नु पर्दछ। । तसर्थ अत्यावश्यक कार्यको लागि लकडाउन खुकुले बनाउँदै जाने र भोकमरी र आर्थिक संकट आउन नदिने व्यवहारिक कार्यक्रमहरु लागु गर्न तत्काल आवश्यक छ ।

त्यसैगरी, एसईईको परीक्षा लिने काम सदाका लागि बन्द गर्न पनि प्रतिष्ठानले माग गरेको छ । एसईई परीक्षा सञ्चालन गर्नु साधन, स्रोत र समयको व्यर्थ खर्च मात्र नभई विद्यार्थीहरु माथि अनावश्यक बोझ जोशीको भनाइ छ ।

यस वर्षका लागि सम्बन्धित विद्यालयले नै विधार्थीको आजसम्मको मूल्याङ्कनका आधारमा उत्तिर्ण वा अनुतिर्ण भनि प्रमाणपत्र दिनु उचित देखिन्छ ।
त्यसैगरी कक्षा ११ को पनि परीक्षा स्थगन गर्ने र सावधानीका सबै उपायहरु अपनाई कक्षा १२ को परीक्षा सञ्चालन गर्न सरकारसँग आग्रह गरिएको छ ।

लकडाउनको कारणले बालबालिकाहरु विद्यालय जान पाएका छैनन् । यसले एकातर्फ उनिहरुले विद्यालयमा नियमित खाईराखेको दिवा खाजा छुट्न पुगेको छ भने कतिपयको बालबालिकाको कमजोर आर्थिक स्थितिले गर्दा घरमा पोषण यूक्त खानाको अभाव छ । यसले उनिहरुको स्वास्थ्य तथा पोषणको अवस्थामा गम्भिर समस्या पर्न सक्ने देखिन्छ । अतः लकडाउनको बेलामा बालबालिकाको स्वास्थ्य र पोषणको स्तरमा कमि नआओस भन्नको लागि विद्यालयले दिवा खाजामा गरिराखेको पैसा बालबालिकाका अभिभावकलाई दिने व्यवस्था गर्न पनि प्रतिष्ठानले माग गरेको छ ।
एकातर्फ लकडाउनले आम नागरिकको दैनिक जीवनयापन कष्टकर बनाउँदै लगेको छ भने अर्काे तर्फ सरकार लकडाउनले गर्दा सिर्जना भएका समस्याहरुलाई संबोधन गर्न त्यति प्रभावकारी देखिएको छैन । गरिब, दैनिक ज्यालादारीमा काम गर्ने, सडकमा व्यापार गरेर जीवन गुजारा गर्ने, दीर्घरोग भएका तथा चिकित्सकको देखरेखमा औषधि सेवन गर्नुपर्ने विरामीहरुलाई लकडाउनले ठूलो समस्यामा परेको छ । सबै प्रकारका उद्योग ब्यवसायहरु ठप्प परेका छन् र ठूलो आर्थिक भार खेप्नु पर्ने देखिन्छ ।

एकातिर उत्पादन बजारमा पुर्याउन नसकेकोले नष्ट भएको छ भने धेरै जनता खाद्यान्न अभाव र भोकमरीमा पिल्सिनु पर्ने यसको पहिलो निर्दयी परिणाम हुनेछ । अतः सक्रमणवाट बच्ने उपायहरु अपनाउँदै सीमित क्षेत्रमा लकडाउनलाई विस्तारै खुकुलो पार्नु देश र जनताको हितमा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }