बिहिबार, बैशाख ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

लकडाउन प्रभाव: नयाँ विद्यार्थी भर्ना अन्योलमा


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख १९, २०७७
  • 884
    SHARES

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले लकडाउन नखुलेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न नसकिने जनाएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि एजुकेसन पोर्टल तयार गरिसकेको केन्द्रले भर्ना अभियान सञ्चालन गर्न लकडाउन पछि विद्यालय खुल्नैपर्ने दोहोर्याएको छ । केन्द्रका महानिर्देशक डा. तुल्सी थपलियाले भर्ना अभियान शुरू गर्न शिक्षक विद्यालयमै पुग्नुपर्ने भएकाले तत्काल सम्भव नभएको स्पष्ट पारेका छन् । उनले अहिले सबै विद्यालयले विद्यार्थीलाई पाठ्यक्रम र पुस्तकबारे जानकारी दिन अनलाइनमार्फत कक्षा सञ्चालन गर्ने गरी पाठ्यक्रम तयार गरिसकेको जानकारी गराउँदै भने– ‘सोही आधारमा कक्षा सञ्चालन गर्न निर्देशन दिएका छौं ।’

केन्द्रले कक्षा १–८ सम्मको पाठ्यसामग्री तयार गरी एजुकेसन पोर्टलमा राखिसकेको जनाएको छ । कक्षा ९ र १० को हकमा एफएल र टेलिभिजनमार्फत पठनपाठन गर्न मिल्ने गरी सामग्री तयारी गरिएको केन्द्रको भनाइ छ । केन्द्रका अनुसार सबै पाठ्यक्रम पाठ्यक्रम विकास केन्द्रले तयार गरेको हो । अनलाइनमार्फत कक्षा सञ्चालन गर्ने सरकारी दाबी रहे तापनि त्यसका लागि पूर्वाधार तयार हुन सकेको छैन । केन्द्रका महानिर्देशक डा. थपलियाले पहिलो चरणमा रोकिएको परीक्षाफल प्रकाशित गर्र्ने र लगत्तै अनलाइनमार्फत पढाइ सुचारु गर्न सबै निकायलाई निर्देशन दिएको जानकारी दिए । उनले भने– ‘हाम्रो पहिलो प्राथमिकता परीक्षाफल प्रकाशित गर्ने नै हो, त्यसपछि अनुकूलताको आधारमा अनलाइनबाट पढाइ शुरू गर्नु रहेको छ ।’

उनले केन्द्रले तयार गरेको सबै सामग्री प्रदेश सरकारलाई हस्तान्तण गर्ने र प्रदेशले व्यवस्थित पढाइ सञ्चालन गर्ने वातावरण तयार गर्नुपर्ने बताए । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले केन्द्रले तयार गरेको पाठ्यक्रम प्रदेश सरकारलाई उपलब्ध गराउने र प्रदेश सरकारले त्यसको व्यवस्थापन गर्ने गरी तयारी भइरहेको बताए । उनले भने– ‘प्रदेश सरकारलाई जिम्मेवार बनाउन र विद्यार्थीलाई पढ्ने बानी बसाउन सातै प्रदेश सरकारलाई आग्रह गरेका छौं ।’ तर, सरकारले अनलाइन कक्षा सञ्चालन गर्ने जनाए पनि त्यसको कसरी व्यवस्थापन गर्ने ? भन्ने विषयमा कुनै निर्णय भएको छैन । केन्द्रका महानिर्देशक थपलियाले लकडाउन नखुलुन्जेल विद्यार्थीले पढ्ने सबै सामग्री तयार भइसकेको दाबी गर्दै अहिलेबाटै पढाइ शुरू गर्दा कुनै समस्या नपर्ने स्पष्ट पारे । नेपाल समाचारपत्र दैनिक

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }