बिहिबार, बैशाख २७, २०८१

कोभिड १९ को परीक्षण दायरा विस्तार गर्न विधायन व्यवस्थापन समितिद्धारा सरकारलाई निर्देशन


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख १९, २०७७
  • 523
    SHARES

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कोरोना भाइरस (कोभिड—१९) को परीक्षण दायरा विस्तार गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले परीक्षणको दायरा विस्तार गरी हरेक परिवारबाट कम्तिमा एकजनाको नमुना छनोट गरी परीक्षण गर्न सरकारलाई निर्देशन दिएको हो ।

समितिले स्वास्थ्य सामग्रीको भण्डारलाई प्राथमिकता दिएर सबै प्रदेश तथा स्थानीय तहमा आवश्यकता अनुसार व्यवस्थापन गर्न पनि निर्देशन दिएको छ । लक डाउनमा परेका अति विपन्न, न्यून आय भएका, दैनिक ज्यालादारीमा काम गरी जिविकोपार्जन गर्दै आएका मजदुर र किसानहरुको समस्यालाई सम्बोधन गर्न उपयुक्त राहतको व्यवस्था गर्न सरकारलाई निर्देशन दिइएको समिति सभापति परशुराम मेघी गुरुङले बताउनुभयो ।

समितिले बजारमा कृत्रिम अभाव गरी कलोबजारी गर्ने र बढी मूल्य लिने प्रवृतिलाई निरुत्साहित गर्न नियमित बजार अनुगमन गरी कानून बमोजिम कारवाही गर्न पनि सरकारलाई निर्देशन दिएको छ । यस्तै स्थानीय स्तरमा उत्पादन हुने फलफुल, तरकारी, दुध जस्ता पदार्थलाई खरिद गरी, निश्चित समय र स्थान निर्धारण गरी विक्रि वितरणका लागि स्थानीय तहसँग समन्वय गर्न पनि निर्देशन दिएको छ । कुनै पनि काम गर्दा जनविश्वासलाई मध्यनजर पारदर्शी तवरले सञ्चालन गरी विपदका समयमा जनआस्था आर्जन गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ । जनप्रतिनिधि र कर्मचारी तथा यसमा संलग्न सबैलाई उच्च सम्मान र प्राथमिकताका साथ उनीहरुको पारिवारिक सुरक्षाको प्रतिवन्ध मिलाउन र उच्च मनोबल कायम गर्नका लागि समुचित व्यवस्थापन गर्न पनि समितिले निर्देशन दिएको सभापति गुरुङले बताउनुभयो ।

समितिले लक डाउनका कारण पुरै जनजीवन अस्तव्यस्त बन्ने स्थितिलाई मध्यनजर गर्दै उपयुक्त सतर्कताका साथमा यसलाई खुकुलो बनाउँदै पूर्ण रुपमा खुल्ने योजना तर्जुमा गरी समितिलाई जानकारी गराउन पनि निर्देशन दिएको छ । लक डाउन खुलेपछि विदेशबाट रोजगारी गुमाएर फर्कने ठूलो जनशक्तिलाई व्यवस्थित गर्ने योजना निर्माण गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }