शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

क्याशलेस प्रणाली प्रवद्र्धनका लागि यो उपयुक्त अवसर क्यान महासंघ


  • माउन्टेन खबर
  • शनिबार, बैशाख २०, २०७७
  • 700
    SHARES

कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ)का अध्यक्ष नवराज कुँवरले कोरोनाभाइरसका कारण सिर्जित विशेष परिस्थितिमा व्यवसायी तथा सरोकारवालाहरुले सञ्चार तथा सूचनासम्बन्धी नवीन प्रविधिको प्रयोग र प्रवद्र्धन गर्ने बारेमा विशेष पहल गर्नुपर्ने बताएका छन् ।

कम्प्युटर एशोशिएशन नेपाल (क्यान महासंघ)ले राष्ट्रिय सूचना प्रविधि दिवस २०७७ (नेशनल आईसीटी डे २०२०)को अवसरमा शनिबार आयोजना गरेको ‘गो डिजिटल -गो क्याशलेस’ वेबिनारमा बोल्दै उनले सरकार र यस क्षेत्रका व्यवसायीका लागि क्याशलेस प्रणाली प्रवद्र्धनका लागि यो एउटा उपयुक्त अवसर उनले भएको बताए ।

‘सम्पूर्ण विश्व अहिले व्यवसाय, शिक्षा, व्यापार र स्वास्थ्य समेत अनलाईनबाटै सञ्चालन गरिरहेको छ । त्यसैले यो नयाँ प्रणाली विकासका लागि उपयुक्त अवसर हो,’ कुँवरले भने ।

कार्यक्रममा सूचना प्रविधि बिभागमा महानिर्देशक प्रेमशरण श्रेष्ठले खासगरी अनलाईनबाट कारोबार तथा व्यवसाय सञ्चालन गर्दा हुने फाइदा तथा चुनौतिका बारेमा सम्बन्धित व्यक्तिहरुमा जनचेतना फैलाउन  जरुरी रहेको बताए।

वेबिनारमा बोल्दै राष्ट्र बैंकका निर्देशक सुवास घिमिरेले नेपालमा डिजिटल पेमेण्टको विकास र प्रवद्र्धनलाई केन्द्रीय बैंकले प्राथमिकता दिएको बताए । नियामक निकायले प्रविधिको विकास र व्यवसाय सञ्चालनका लागि वातावरण निर्माण गर्ने र मूल्य तोक्ने कार्य बजारलाई छाडिदिनु पर्ने धारणा उनले राखेका थिए ।

तर डिजिटल पेमेण्टको कारोबार गर्ने अनुमतिप्राप्त संस्थाले प्रणालीमा खराबी आउन नदिन विशेष ध्यान दिनु पर्छ, उनले भने । उनका अनुसार क्याशलेस पेमेण्टको प्रणालीमा खराबी आउँदा वित्तीय स्थायित्वमै असर पर्न सक्छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अहिले विश्व डिजिटलाइजेशनमा गइरहेको अवस्थामा नेपालमा पनि तीनै तहका सरकार र निजी क्षेत्रको सहकार्यमा अगाडी बढ्नु पर्ने बताए । नेपालजस्तो भौगोलिक बनावटले बनेको देशको समृद्धिको एकमात्र विकल्प सूचना प्रविधि नै रहेको उनको भनाइ थियो ।

प्रधानमन्त्रीका सूचना प्रविधि सल्लाहकार अस्गर अलीले सरकारले क्याशलेस प्रणालीलाई अझ सरल र सबल बनाउन काम गरिरहेको बताए । उनले यस प्रणालीका सकारात्मक तथा नकारात्मक पक्षका बारेमा चर्चा गरेका थिए ।

नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले क्याशलेस प्रणाली स्थापना गर्न एनएचसीएलले योगदान दिएको बताए ।

बैंकर एशोसिएशन नेपालका आईसीटी कमिटिका अध्यक्ष नारायण प्रकाश भुजुले क्याशलेस प्रविधिको विस्तारका लागि स्थानीय तहमा प्रवद्र्धन र क्षमता विकासका कार्य गर्नु पर्ने सुझाव दिए ।

क्यान महासंघले वेबमा आधारित विभिन्न सम्मेलन तथा गोष्ठीहरुको आयोजना गरेर आईसीटी डे मनाउने योजना बनाएको छ । जसमा डिजिटल लर्निङ, अनलाईन कार्य, अनलाइन सुरक्षा र ई–हेल्थ जस्ता विषयमा छलफल तथा अन्तक्रियाहरु मे महिना भरी आयोजना हुने जानकारी दिईयो ।

क्यान महासंघले एक दशकदेखि आईसीटी डे मनाउँदै आएकोमा सन २०१७ मा सरकारले यसलाई आधिकारिक दिवसको मान्यता दिएपछि यसलाई सन् २०१८ मे २ मा पहिलो पटक नेपाल सरकारको अगुवाईमा मनाइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }