मङ्लबार, बैशाख ११, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

‘ म हुँ कोरोना ‘-कविता


  • माउन्टेन खबर
  • शनिबार, बैशाख २०, २०७७
  • 765
    SHARES

‘ म हुँ कोरोना ‘

 

ए मनुष्य !

तिमीलाई थाहा छ ?

तिमी को हौ ?

कसरी तिमी यो अवस्थामा छौ ?

तिमीले अलिकति पनि हेक्का राखेनौ है ?

यस प्राणी जगत्कै सर्वश्रेष्ठ बनाएर

के मैले गल्ती गरेकै हुँ त ?

तिम्रो त्यो विशाल मस्तिष्क केका लागि

बनाइएको हो ?

तिमीले केवल तिम्रो लागि ,

हरेक क्षण

तिम्रो ,

त्यो मस्तिष्कलाई

कति खियाउँछौ

सबै सबै थाहा छ ।

हेर त,

तिम्रो मातहतमा रहेका

प्राणीहरुको बिचल्ली !

तिम्रो कारण

कैयौँ जीवजन्तुहरु

यस जगत् बाटै

बिलिन भैसके ,

कति भैरहेका छन्

कति हुने वाला छन् ।

हे मानव !

के तिमीले सोच्न मात्र सक्छौ ?

जीवजन्तु बिनाको तिम्रो अस्थित्व ?

पक्कै सम्भव नै छैन ।

तरपनि

किन ?

आँखाले देख्न सक्ने

सबै सबैलाई तिमीले

आहारा बनाइरहेका छौ ?

यदि तिमीलाई नै आहारा बनाउने वाला

यस धर्तीमा केही आइदियो भने ?

त्यो अवस्था कस्तो हुनेछ ?

ठ्याक्कै यही कुरा

तिम्रो मस्तिष्कमा घुसाउनका निम्ति

म आएँको हुँ ।

जब तिमीले यो सब कुराहरु महसुस

गर्नेछौ नि !

त्यसपछि म आफैँ यस जगत् बाट

बिलिन हुनेछु ।

वास्तबमा,

यस ब्रह्माण्ड भरिका हरेक सृजना

सृजित गर्ने,

तिनको रेखदेख ,

पालनपोषण गर्ने ,

आवस्यक डण्ड सजाय दिने

म हुँ प्रकृति ।

अझ नबुझे म हुँ कोरोना ।

 

लोकराज न्यौपाने

हाल :~ दक्षिण कोरिया

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }