शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालमा प्रिमन्सुन सुरु, बिहानै देखि देशभर बर्षा


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २२, २०७७
  • 835
    SHARES

मौसम बदली हुँदा सोमबार बिहानै देखि काठमाडौं उपत्यका सहित देशका धेरै ठाउँमा पानी परेको छ ।

पश्चिमी वायुको सामान्य प्रभाव, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभावका कारण वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ । अहिले देशभरी नै मौसम बदली भएको छ । महाशाखाका अनुसार देशभर सामान्य देखि पुर्ण बदली रही देशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षा भइरहेको छ । यस वर्ष वैशाख लागेदेखि नै मौसममा बदली आइरहेको र प्रिमन्सुन सुरु भएकाले वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाले अवको तीन दिन सम्म समान्य देखि पूर्ण बदलि हुने र मेघ गर्जन सहित वर्षा हुने बताएको छ । सोमबार दिनभर काठमाडौं उपत्यका सहित देशका अधिकांश भू–भागमा समान्य देखि पूर्ण बदली हुने छ भने केही स्थानमा मेघगर्जन सहित चट्याङ पर्ने र असिना र हावाहुरी सहित वर्षा हुने छ । यस्तै मंगलबार पनि पश्चिमी भू–भागाका धेरै स्थानहरु र मध्य तथा पूर्वका केही स्थानहरुमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै २४ गते बुधबार पनि देशभर आंशिक देखि सामान्य बदली रहने र पहाडी क्षेत्र, पूर्वी र मध्य तराईका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको अनुमान पनि महाशाखाले गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }