शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालको भूभाग एक इन्च पनि अतिक्रमण हुन दिदैनौ : महामन्त्री कोइराला


  • माउन्टेन खबर
  • आइतवार, बैशाख २८, २०७७
  • 394
    SHARES

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतले नेपाली भूभाग अतिक्रमण गरी सडक बनाएको विषयलाईसंसदमा उठाउने भएको छ ।

नेपालको भूभाग एक इन्च पनि अतिक्रमण हुन नदिन बताउदै आएको बर्तमान सरकारले भारत र चीनसँग कुटनीतिक पहल गरी टुंगोमा पुर्याउन दबाब दिनका लागि कांग्रेसले यो विषयलाई संसदको विषय बनाउने भएको हो । आईतबार बिहान न्यूज एजेन्सी नेपालका संवाददातासंग कुराकानी गर्दै नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले भारतले नेपालको भूभाग अतिक्रमण गरेको विषयमा कांग्रेसले आईतबारकै संसद बैठकमा कुरा उठाउने बताउनुभयो । उहाँले भारतले नेपालको भूमि लिपूलेक हुँदै चीन तिब्बतमा रहेको मानसरोवर जाने गरी सडका निर्माण गरेको विषयमा कुटनीतिक पहल अगाडि बढाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘हामी त यसमा कुरा उठाउँछौं । सदनमा नै कुरा उठाउछौं । यसको बारेमा सरकार अलि संवेदनशिल हुनु पर्यो । यो चानचुने कुरा होइन । हाम्रो भूभाग अरु कसैले हस्तक्षेप गर्छ भने त त्यो हामीलाई स्वीकार्य हँदैन । तसर्थ हामीले भारत र चाइनासँग पनि कुरा गरेर सरकारले नै कुरा गर्नुपर्ने हो । यो विषयमा कि उनीहरुले दुई वटै देशसँग कुरा गरेर यो विषयलाई सबैभन्दा पहिले टुंगो लगाउनु पर्यो । हाम्रो जग्गामा उनीहरुले बाटो बनाउन मिल्दैन् ।

महामन्त्री कोइरालाले नेपालको भूमि अतिक्रमण गरी सडक बनाउने विषय अत्यन्त संवेदनशिल भएकाले एक इन्च पनि आफ्नो भूमि अरुलाई दिननहुने तर्फ सरकार संवेदनशिल हुनुपर्ने बताउनुभयो । यो विषयमा भारतसँग मात्रै नभई चीनसँग समेत कुरा गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘यो अत्यन्त संवेदनशिल विषय हो । यसमा चाहिं मेरो दृष्टिकोणबाट हामीले आफ्नो क्षेत्रलाई अरुको हातमा दिन मिल्दैन । एक इन्च पनि हामीले जग्गा अरुलाई दिन मिल्दैन् । तसर्थ यो लिपुलेकको बारेमा म सरकारलाई त्यहि भन्न चाहन्छु की वहाँहरुले चीन र भारतसँग कुरा गरेर यसलाई छिटो भन्दा छिटो स्थगन गर्न लाग्नु पर्यो । किन भने यो हाम्रो क्षेत्रमा पर्दैन भनेत हामीले केही भन्न मिलदैन तर हाम्रै क्षेत्रमा अहिले जुन हामी ठहर गर्दैछौं की हाम्रो क्षेत्रमा पर्छ भनेर त्यो हो भने त यो रोक्नु पनि उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ ।’

शुक्रबार भारतले नेपालको भूमि लिपुलेक हुँदै मानसरोवर जाने बाटो उद्घाटन गरेपछि सिमा विवाद पुन बहसको विषय बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }