शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतीय हस्तक्षेप विरुद्ध तत्काल सर्वपक्षिय बैठक राखी भारतसँग कुटनीतिक पहल गर्न विभिन्न विद्यार्थी संगठनहरुको माग


  • माउन्टेन खबर
  • आइतवार, बैशाख २८, २०७७
  • 528
    SHARES

भारतीय हस्तक्षेप विरुद्ध तत्काल सर्वपक्षिय बैठक राखी भारतसँग कुटनीतिक पहल गर्न विभिन्न विद्यार्थी संगठनहरुले सरकारसँग माग गरेका छन् ।

आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापनपत्र बुझाँदै विभिन्न ७ विद्यार्थी संगठनहरुले सर्वपक्षिय र सर्वदलिय बैठक राखी भारतसँग उच्च तहमा वार्ता गर्न माग गरेका हुन् । नेपालको मिचिएको भूमि फिर्ता गर्न र सार्वभौमसत्तालाई सम्मान गर्न भारतलाई बाध्य बनाउन सरकारले तदारुकता देखाउन पनि संगठहरुले आग्रह गरेका छन् । भारतसँग कुनै ठोस र परिणाममुलक पहल नगरेको कारण आज हेपाहा प्रवृतिले थप प्रसय पाएको नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुंगानाले बताउनुभयो ।

ज्ञापनपत्र बुझ्दै परराष्ट्र मन्त्री ज्ञवालीले सरकारले भारतको कदम विरुद्ध आफ्नो धारणा सार्वजनिक गरिसकेको र समस्या समाधानका लागि कुटनीतिक पहल भइरहेको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)