शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

बदलिदो विश्व परिस्थिति, नया आकांक्षा र आवश्यकताको आधारमा बजेटका प्राथमिकताहरु निर्धारण गरिएको अर्थमन्त्री


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २९, २०७७
  • 476
    SHARES

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बदलिदो विश्व परिस्थिति, नया आकांक्षा र आवश्यकताको आधारमा सरकारले बजेटका प्राथमिकताहरु निर्धारण गरेको स्पष्ट पार्नुभएको छ ।

राष्ट्रियसभाको सोमबारको बैठकमा आगामी आर्थिक २०७७÷७८ का लागि विनियोजित विधेयका सिद्धान्त र प्राथमिकताको शैलीमाथि सांसदहरुले उठाएको प्रश्नको सम्बोधन गर्दे उहाँले वर्तमान परिस्थितिको सबे कोणबाट सम्बोधन हुने गरि सरकारले प्राथमिकता निर्धारण गरेको स्पष्ट पार्नुभएको हो । सरकारले बजेटका प्राथमिकताहरु समय, बदलिदो विश्व परिस्थिति, नया आकांक्षा र नया आवश्यकताको आधारमा परिमार्जित गर्दै लैजाने स्पष्ट पार्नुभयो । पुरानै कार्यक्रम दोहोरिएको र कम्युनिष्टको सिद्धान्त अनुसार प्राथमिकता निर्धारण हुन नसकेको सांसदहरुको आरोपको उहाँले खण्डन गर्नुभयो । संविधानमा रहेका मौलिक हक र राज्यका निर्देशक सिद्धान्त पनि यथावत रहेको भन्दै उहाँले संविधानबाट निर्दिष्ट भएर पार्टीको सिद्धान्त अनुसार बजेटको सिद्धान्त र प्राथमिकता निर्धारण गरिएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “यो नेपाल कम्युनिष्ट पार्टीको सरकार हो र तेश्रो बजेटको सिद्धान्त र प्राथमिकता मैले पेश गर्दैछु । हाम्रो पार्टीको सिद्धान्त परिर्वतन भएको छैन । हाम्रा प्राथमिकताहरु समयक्रममा नयाँ परिस्थितिको आधारबाट परिर्वतित भएका छन् । तर बर्षैपिच्छे पार्टीले सिद्धान्त फेरेर बजेट ल्याउदैन । ”

उहाँले सरकारको प्राथमिकता फेरिएको र स्वास्थ्य कृषिमा लगानी बढाएर रोजगारी वृद्धि गर्ने मार्गमा बजेट विनियोजन हुने आश्वासन दिलाउनुभयो । सरकारका दिर्घकालिन लक्ष्य हासिल गर्नका लागि तय गरिएका कार्यक्रमहरु एकबर्ष पछि अर्को बर्ष छोड्न नमिल्ने भन्दै सोही विषयलाई लिएर कार्यक्रम दोहोरियो भन्न नमिल्ने तर्क उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो “ पुरानै शैली भो । कार्यक्रम निरन्तर भए भन्ने कुरा पनि अतिसयुक्ती हो । हामीले सुरु गरेका राम्रा कार्यक्रमहरु दुई बर्षमा जति गर्यौ । सम्पन्न नभएका कुराहरु तेश्रो बर्ष छोड्ने हो र ? त्यो भन्दा हामी कहाँ पुग्छौ ? सम्मृद्ध नेपाल सुखी नेपालीको हाम्रो राष्ट्रिय आकांक्षा त पुरा भएको छैन नि । अनि त्यही नारा पुरानो भो । शैली पुरानो भो भन्यो भने हामी फेरी कहाँ पुग्छौ ? ”

सिमा सुरक्षामा खटिने सुरक्षाकर्मीका लागि आवश्यक सुविधा तथा भौतिक पुर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दे उहाँले स्थानीय पुर्वाधार साझेदारी कार्यक्रमका बारेमा थप छलफल गर्ने बताउनुभयो । बजेटका प्राथमिकताका सम्बधमा व्यापक छलफलको खाँचोको महसुस भएपनि प्रतिकुल अवस्थाले त्यसो गर्न नसकिएको उहाँले स्वीकार गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }