
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारले लकडाउनमा कडाई गर्ने भएपछि निजी पेट्रोल पम्पहरु पनि साताको एक दिन मात्रै सञ्चालन हुने भएको छ । नेपाल आयल निगमले बुधबार सुचना जारी गरि त्यस्ता पम्पलाई सातामा एक दिन मात्र खोल्न निर्देशन दिएको हो ।
कोरोना भाईरसको संक्रमण बढेसगै पम्पलाई पनि कडाइ गरिएको हो । तर, सेना ,प्रहरी र सहकारीले बाहेक निजीले चलाएको पेट्रोल पम्प अव साताको एक दिन मात्र खुल्ने भएको छ ।
यस्तै निगमका कर्मचारीहरु ,ट्याकर चालकहरू को आवश्यकता अनुसार कोरोनाको परिक्षण गराईने भएको छ । निमगमा सम्पूर्ण कर्मचारीलाई १ लाख रुपैयाँका कोरोना बिमा गराइने प्रकृया अघि बढाइएको निमगले जनाएको छ । ईन्धन ढुवानी गरिएका ट्याकंरहरु मानव वस्ति भन्दा टाढा राख्न समेत निर्देशन दिएको छ ।