शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

उपत्यकाका सरकारी र निजी विद्यालय भवनहरू क्वारेन्टाइनको प्रयोजनमा लगाउनेः शिक्षामन्त्री


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ २, २०७७
  • 753
    SHARES

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले काठमाडौं उपत्यकाका सरकारी र निजी विद्यालय भवनहरू क्वारेन्टाइनको प्रयोजनमा लगाउने बताएका छन् । उपत्यकामा कोरोना महामारीको जोखिम बढ्न सक्ने आँकलन गर्दै मन्त्री पोखरेलले सो विषयमा तयारी भइरहेको जानकारी दिए । पोखरेल कोभिड–१९ नियन्त्रण र उपचार उच्चस्तरीय समितिका सदस्यसमेत छन् ।संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई संयोजक रहेको सो समितिले राजधानीलगायत देशैभरका शिक्षालयमा क्वारेन्टाइन राख्ने विषयमा पहिलो चरणको छलफल गरिसकेको छ ।मंगलबार राति भक्तपुरमा दुई र काठमाडौंमा एक जनामा कोरोना भाइरस देखिएपछि सरकारले बाहिरबाट उपत्यका भित्रिनेलाई क्वारेन्टाइनमा राख्ने तयारीसहित शिक्षालयहरू प्रयोग गर्न खोजेको हो ।

समितिमा हिसान, प्याब्सन, एन–प्याब्सन, मेडिकल कलेज, सुरक्षा निकायलगायत अधिकारी सदस्य छन् । हिसानका अध्यक्ष रमेश सिलवालले उपत्यकाका अधिकांश क्याम्पस, विद्यालय, मेडिकल, इन्जिनियरिङ कलेजलगायतका क्वारेन्टाइन राख्ने विषयमा निर्णय भइसकेको जानकारी दिए। उनका अनुसार हिसान आबद्ध सबै पदाधिकारीका कलेजलाई क्वारेन्टाइन बनाउने विषयमा निर्णय भइसकेको छ । बूढानीलकण्ठ, फर्पिङको त्रिभुवन आदर्श, हात्तीवनको लिटिल एन्जेल्स, गोल्डेनगेट, ट्रिनिटी, जेभियर्स इन्टरनेसनल, नोवेल, लेवरोटरीलगायतका तीन दर्जनभन्दा बढी शिक्षालयलाई क्वारेन्टाइन बनाइनेछ ।

हिसानले राजधानीको भित्री शहरमा भन्दा पनि अलि टाढा रहेका शिक्षालयलाई क्वारेन्टाइन बनाउन उचित हुने सुझाव दिएको छ । प्याब्सनका अध्यक्ष टीकाराम पुरीले आवश्यकताको आधारमा सबै निजी विद्यालयलाई क्वारेन्टाइन बनाउन सहयोग गर्ने बताए । उनले पहिलो प्राथमिकता सरकारी कलेज, होटल, गेस्ट हाउस, मेडिकल कलेजको गेस्ट हाउस, सरकारी विद्यालय पछि निजी विद्यालय प्रयोग गर्ने सरकारी नीतिअनुसार आफूहरू तयार रहेको नेपाल समाचारपत्रलाई बताए । एन–प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले एन–प्याब्सनअन्तर्गत देशैभरका ठूूला विद्यालयलाई सरकारले क्वारेन्टाइन बनाउन चाहे सोहीअनुसार व्यवस्थापन गर्न तयार रहेको बताएका छन् ।

यसै गरी, त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले सबै आंगिक क्याम्पसलाई पत्राचार गरी क्वारेन्टाइन राख्न दिन निर्देशन दिएको बताएका छन् । उनका अनुसार हालसम्म करिब तीन दर्जन क्याम्पसमा क्वारेन्टाइन राखिएको छ । प्रदेश १, २, ५, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा रहेका क्याम्पस भवन अहिले क्वारेन्टाइनकै प्रयोजनमा लगाइएका छन् । नेपाल समाचारपत्र दैनिक

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }