शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस व्दारा लगानी, पूर्वाधार र रोजगार : दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित बिशेष समिति गठन


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ २, २०७७
  • 1.5K
    SHARES

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले कोरोनाले देशको विभिन्न क्षेत्रमा परेको असर अध्ययन गरि देशका लागि आवश्यक कार्य गर्न विभिन्न समिति गठन गर्ने निर्णय गरे बमोजिम  सभापति शेर बहादुर देउवाले‘लगानी, पूर्वाधार र रोजगार : दृष्टिकोण एवं दिगो परियोजना बिशेष समिति’ गठन गर्नु भएको छ।

समितिमा पार्टी निकट विभिन्न क्षेत्रका लगानिकर्ता र रोजगारदाताहरु  रहनुभएको छ ।

विनोद चौधरीको संयोजकत्वमा गठित समितिका सदस्यहरुमा मोहन आचार्य ,उमेश श्रेष्ठ , टेकबहादुर गुरुङ , कर्मा घले , जिप छिरिङ लामा,तेजुलाल चौधरी अनिल रुङ्गटा , दिपक खड्का , ईन्द्र बानियाँ , छत्र गिरि , सूर्यबहादुर के.सी., विष्णुबहादुर खड्का,पूर्णबहादुर तामाङ र खगेश्वर बोहरा रहनु भएको छ।

समितिले  तत्काल कोरोनाका कारण नेपालको लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा परेको असरलाई तत्कालीन र दूरगामी रूपमा सम्बोधन गर्न सकिने नीति बारे आवश्यक अध्ययन गरी  पार्टीको ‘अर्थतन्त्र केन्द्रीत बिशेष समिति’ लाई सुझाव दिने छ ।
यसै गरी दीर्घकालीन रूपमा लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा दूरगामी दृष्टिकोण साथ दिगो परियोजनाहरुको परिकल्पना र कार्यान्वयनमा भूमिका निर्वाह गर्ने समितिलाई अधिकार दीईएको नेपाली कांग्रेस पार्टी कार्यालय व्दारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }