शुक्रबार, बैशाख २८, २०८१

सामसुङले ल्यायाे क्वान्टम ५जी स्मार्टफाेन


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ ४, २०७७
  • 416
    SHARES

सियाेलः दक्षिण काेरियाकाे स्मार्टफाेन निर्माता कम्पनी सामसुङले ५जी स्मार्टफोन लन्च गरेकाे छ । यसमा क्वान्टम प्रविधि प्रयाेग गरिएकाे कम्पनीले जनाएकाे छ । विश्वमा यस्ताे प्रविधि प्रयाेग गर्ने सामसुङ पहिलाे कम्पनी रहेकाे दाबी गरिएकाे छ ।

यस नयाँ माेबाइलकाे नाम Samsung Galaxy A Quantum राखिएकाे छ । याे फाेनका लागि विशेष  Quantum Random Number Generator (QRNG) चिपसेट चाहिन्छ । यस चिपसेटमा LED र CMOS का इमेज सेन्सर दिइएकाे छ ।

फोनमा प्रयाेग गरिएकाे QRNG चिप वास्तवमा SKT IDQ S2Q000 हाे र यसकाे मदतले फोनमा धेरै किसिमका सुरक्षा साँचाे (की) बनाउन सकिन्छ जसका कारण प्रयाेगकर्ताका संवेदनशील डाटालाइ सुरक्षित गर्न सकिन्छ । गाेपनीयता संरक्षणमा पनि याे डिभाइस निकै प्रभावी मानिएकाे छ ।

मूल्य कति छ ?

Galaxy A Quantum मा 64 मेगापिक्सेल काे प्राइमरी, 12 मेगापिक्सेलकाे अल्ट्रा-वाइड, 5 मेगापिक्सेलकाे डेप्थ तथा माइक्राे सेंसर रियर प्यानल छ । 8 जीबी राम र 128 जीबी स्टोरेज भएकाे यस फाेनकाे मूल्य ६,४९,००० कोरियन मुद्रा (करीब ६५ हजार नेपाली रूपैयाँ) राखिएकाे छ । याे मूल्य प्रचलित कर र अन्य लागत बाहेककाे हाे ।  (एजेन्सी)

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }