शुक्रबार, बैशाख २८, २०८१

शाओमी बन्यो नेपालको नम्बर एक स्मार्टफोन ब्राण्ड


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ ४, २०७७
  • 631
    SHARES

काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज विश्वव्यापी त्रैमासिक मोबाइल फोन ट्रयाकर आईडीसीको अनुसार आफु सन् २०२० को पहिलो त्रैमासिक रिपोर्टमा नेपालको नम्बर एक स्मार्टफोन ब्राण्ड बन्न सफल भएको घोषणा गरेको छ । सन् २०१८ अक्टुबरदेखि संचालनमा आएको यस ब्राण्डले नेपालको स्मार्टफोन बजारमा पहिलो पटक नेतृत्व गरेको छ ।

शाआमीे सन् २०२० को पहिलो त्रैमासिकमा नेपालका लागि स्मार्टफोन नेतृत्वमा उकालो लागेको छ भने सामसुङ्ग र भिभोले पछ्याइरहेका छन् । सन् २०२० मा ३०.९५ बजार सेयरका साथ नेपालमा बिक्री भएका शिर्ष १० स्मार्टफोनहरु मध्य ४ शाओमी डिभाइसहरु रहेका थिए ।

समग्र स्मार्टफोन सिपमेन्ट, आईडीसी त्रैमासिक मोबाइल फोन ट्रयाकर, पहिलो त्रैमासिक सन् २०२०
सूची नम्बर    स्मार्टफोन विक्रेता    बजार सेयर
१                    शाओमी               ३०.९५
२                   सामसुङ्ग              १८.६५
३                   भिभो                  १२.३५
४                   ओप्पो                 १०.०५
५                    लाभा                 ५.३५

मुख्य हाइलाइटहरु :
शाओमीले सन् २०१८ मा आधिकारिक रुपमा संचालनमा आएदेखि पहिलो पटक सन् २०२० को प्रथम त्रैमासिकमा नेपालको स्मार्टफोन बजारमा नेतृत्व गरेको छ,
शाओमीले सन् २०२० को प्रथम त्रैमासिकमा ३०.९५ बजार सेयरको साथ अग्र स्थानमा रहेको छ,
विश्वव्यापी त्रैमासिक मोबाइल फोन ट्रयाकर आईडीसीको अनुसार आफु सन् २०२० को पहिलो त्रैमासिकमा शाओमी दोस्रो ठुलो स्मार्टफोन विक्रेता भन्दा ६६५ ले ठुलो छ,
शाओमी स्वतन्त्र रुपले नेपालमा दोस्रो ठुलो र तेस्रो ठुलो स्मार्टफोन विक्रेताको संयुक्त रुप भन्दा ठुलो छ,
सन् २०२० को प्रथम त्रैमासिकमा शिर्ष पाँच स्मार्टफोन मध्य दुईवटा शाओमीका स्मार्टफोन थिए, रेडमी नोट ८ ले नेपालमा नम्बर एक स्मार्टफोनको नेतृत्व गरिरहेको छ भने त्यसलाई रेडमी ८ ले पछ्याएको छ,

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भन्नुभयो, “हामी पहिलो पटक स्मार्टफोन बजारमा अग्रणी भयौं र शाओमी नेपालमा यो हाम्रो लागि उत्साहजनक क्षण हो । सबैको लागि नवीनता उत्पादनहरु ल्याउन हाम्रो लक्ष्यका साथ हामी हाम्रो मी फ्यानहरुको लागी कडा परिश्रम गर्न कोशिस गर्नेछौं ।”

उनले थपे, “हामी हाम्रो मी फ्यानहरूबाट प्राप्त अतुलनीय प्रेम र समर्थनको लागि आभारी छौं, जसले हामीलाई हरेक मार्गमा विश्वास गर्छन् । हाम्रो शुरूदेखि यहाँको यात्रा एउटा गजबको अनुभव हो र म साँच्चिकै विश्वास गर्दछु कि हामी सबै भन्दा उत्कृष्ट विशेषता, उच्च गुणस्तर र इमान्दार मूल्य निर्धारणमार्फत हाम्रा प्रयोगकर्ताहरूको प्रेम र विश्वास प्राप्त गर्ने हाम्रो प्रतिबद्धतासहित मानिसहरुको जीवनको ठुलो हिस्सा बन्नेछौं ।”

ब्राण्डले सफल फेस्टिव सेलकोे रूपमा बजारमा नियमित वृद्धि देख्यो । कम्पनी अनलाइन बिक्री साझेदार डराज डट कम (म्बचबश।अयm) को सबै सेल्स इभेन्टहरुमा नम्बर १ थियो र शाओमीको दशैं बिक्रीले ब्रान्डलाई ठूलो योगदान पुर्यायो । अफलाइन वृद्धिले समग्र वृृद्धिमा महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले शाओमीले एक बर्षमा देशभरि ३५० मी प्रिफर्ड पार्टनर पसल सहित ९०० भन्दा बढि अफलाइन साझेदारहरू स्थापना गर्याे, जसले नेपालमा उनीहरूको उपस्थितिलाई सुदृढ बनायो । कम्पनीसँग हाल विभिन्न स्थानहरुमा एक मजबूत वितरण नेटवर्क छ । उनीहरूले विशेष बिक्री सेवा केन्द्रहरु मार्फत बिक्री सेवाको साथसाथै नेपालमा ग्राहकहरुको आवश्यकता पूरा गर्न डेडिकेटड सर्भिस वेयरहाउसका साथ बजारमा आफ्नो स्थितिको सुदृढीकरण गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }