शनिबार, बैशाख २९, २०८१

आरडिटी परीक्षण गर्न निजी अस्पतालहरुले पाए स्वीकृति


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ ४, २०७७
  • 378
    SHARES

काठमाडाैंः परीक्षणका नतिजामा प्रश्न उठिरहेकाे अवस्थामा सरकारले निजी तथा सामुदायिक अस्पतालहरुले कोरोना भाइरसको आरडिटी परीक्षण गर्न स्वीकृति दिएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अनुमति लिएर निजी तथा सामुदायिक अस्पतालहरुले आरडिटी परीक्षण गर्न पाउने भएका हुन् । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरसको परीक्षणमा सहजता प्रदान गर्न नीजि तथा सामुदायिक अस्पतालाई आरडिटी परीक्षण गर्न पाउने गरी निर्देशिका जारी गरिएको हो ।

परीक्षण उपत्यका भित्र रहेका अस्पतालहरुले स्वास्थ्य सेवा विभाग र बाहिरका अस्पतालहरुले प्रदेश स्वास्थ्य निर्देशनालयबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।

प्रवक्ता देवकोटाका अनुसार नीजि अस्पतालहरुले जनस्वास्थ्य प्रयोशालाले सार्वजनिक सूचीमा उल्लेख गरेका आरडिटी किटहरुको मात्रै प्रयोग गर्न पाउनेछन् ।

परीक्षण पश्चात दैनिक रुपमा अस्पतालहरुले त्यसको विवरण राष्ट्रिय जनस्वास्थ्य प्रयोगाशालामा पेश गर्नुपर्ने छ । निजी तथा सामुदायिक अस्पतालहरुले आरडिटी परीक्षण बापत शुल्क लिन पाउनेछन् । किट खरिद गरेको मूल्यमा बढीमा २० प्रतिशत शुल्क लिएर परीक्षण गर्न पाउने मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }