आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कृषि व्यवसायीकरणमा जोड दिन सांसद आचार्यको माग (भिडियो सहित)


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ ४, २०७७
  • 2.0K
    SHARES

सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम माथीको छलफलमा भाग लिदै सांसद मोहन आचार्यले कृषिको व्यवसायीकरणमा जोड दिनु पर्ने बताउनु भयो। कृषिको व्यवसायीकरण र रोजगारि अभिवृद्धिको लागी कृषिमा आधारित उधोगहरुको स्थापनामा जोड दिन माग गर्दै सांसद आचार्यले कोरोनाबाट नेपाली अर्थतन्त्रमा पर्ने अल्पकालिन र दिर्धकालीन असरलाई मघ्यनजर गरि सोही बमोजिम नीतिगत सम्बोधन गर्न सरकारलाई आग्रह गर्नु भयो।

नेपालको तुलनात्मक लाभ भएको क्षेत्र जलविधुत क्षेत्रमा लगानी आर्कषित गर्न देशिय र अन्तरदेशिय प्रशारण लाईन विस्तारलाई अगाडी बढाउन माग गर्दै सासद आचार्यले कोरोनाबाट सबै भन्दा प्रभावित पर्यटन क्षेत्रलाई विशेष सम्बोधन गर्न माग गर्नु भयो। तुलनात्मक रुपमा नेपाली बैकहरुको व्याजदर मंहगो रहेको भन्दै सांसद आचार्यले उत्पादन मुलुक उधोगले लिने ऋणको व्याजदर र अन्य क्षेत्रको ऋणको व्याजदरमा फरक हुनु पर्ने बताउनु भयो।

अहिलेको अबस्थामा राहत प्याकेजले सबैलाई सम्बोधन गर्न सक्नु पर्ने माग गर्दै सांसद आचार्यले विदेशमा अलपत्र परेका नेपालीहरुलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड पुरागरेर स्वदेश फर्काउने व्यबस्था गर्न सरकार संग माग गर्नु भयो। राज्यले छनौट गर्ने योजनाहरु उचित हुनु पर्नेमा सांसद आचार्यले जोड दिनु भयो।

 

भिडियो

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }