आइतवार, बैशाख १६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

यो गठबन्धन सरकार आफ्नै भारीले थिचिएर कुहिएर झर्छ : कांग्रेस महामन्त्री थापा (भिडियो)


  • माउन्टेन खबर
  • बुधबार, फाल्गुन २३, २०८०
  • 115
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ गठबन्धन सरकार कुहिएर झर्ने टिप्पणी गरेका छन् ।

बुधबार साँझ शीतल निवासमा शपथ ग्रहणको तयारी भइरहँदा थापाले भिडियोमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै वर्तमान सरकार फतक्क कुहिएर झर्ने बताएका हुन् ।

‘यो सरकार यसरी बनेको छ, दौडिने त कुरै छोड्नुस् हिँड्न पनि सक्दैन । आफ्नै भारीले थिचिन्छ, फतक्क कुहिएर झर्छ,’ उनले भने ।

साथै, कांग्रेस नेतृत्वको गठबन्धन टुटेपछि महामन्त्री थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जुनसुकै बेलामा गठबन्धन टुटाउन सक्छन् भन्ने कुरामा आफू प्रष्ट रहेको समेत बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }