शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

काडमाडौं उपत्यकामा निर्माण हुने चार नयाँ सहरको डिपिआर तयार


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ ११, २०७७
  • 747
    SHARES

 

काठमाडौं उपत्यका भित्र निर्माण गर्न लागिएको चार वटा नयाँ शहरको विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन अन्तर्गत गठन गरिएको काठमाडौं उपत्याका भौतिक विकास समितिले चारवटा नयाँ शहर निर्माणको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भएको बताएको छ । समितिको आइतबार बसेको १३ औं बैठकले दुई वटा नयाँ शहर (काठमाडौं नैऋत्य र काठमाडौं हरित) को डिपिआर स्वीकृत गरेको छ । बाँकी दुईवटा सहर (काठमाडौं इसान र काठमाडौं आग्नेय)को यही जेठ २५ गते बस्ने १४ औं बैठकले स्वीकृत गर्ने काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले बताउनुभयो । समितिको जेठ २५ गतेको बैठकले डिपिआरलाई स्वीकृत गरिसकेपछि मन्त्रिपरिषद्को बैठकमा पेस हुने छ र मन्त्रिपरिषद्बाट स्वीकृत भएपछी कार्यान्वयनमा जाने छ ।

 

काठमाडौं उपत्यका भित्र चार वटा आधुनिक नयाँ शहर निर्माण हुने भएपछि त्यस क्षेत्रको जग्गा कित्ताकाटमा प्राधिकरणले केही मापदण्ड तयार गरेको छ । न्यूनतम ८ आनाको कित्ताकाट गरी खरिद विक्री गर्न सकिने छ भने सो भन्दा कमको कित्ताकाट गर्न पाइने छैन् । चारवटा आयोजना मध्ये १ लाख रोपनी क्षेत्रफल भएको काठमाडौं ईसानको विस्तृत अध्ययन प्रतिवेदन तयार गर्नको लागि १२ कारोड रुपैयाँ विनियोजन भएकोमा भ्याट बाहेक सात कारेड रुपैयाँ र बाँकी तीन वटा परियोजनाको अध्ययनका लागि दुई÷दुई करोड रुपैयाँ विनियोजन गरेकोमा भ्याट बाहेक १ करोड ४० लाख रुपैयाँ खर्च भएको तिवारीले बताउनुभयो ।

 

एक लाख रोपनी क्षेत्रफल रहेको काठमाडौं ईसान (पूर्व–उत्तर)को डिपिआर निर्माण फिनल्याण्डको हेलेन एण्ड कम्पनी कम्पनी र जेके एसोसिएट्सले गरेको छ । अन्य तीनवटा आयोजनाको डिपिआर निर्माण भने नेपाली कम्पनीले नै गरेका हुन् । चार वटा परियोजनामा काठमाडौं ईसान (पूर्व–उत्तर), काठमाडौं आग्नेय (पूर्व–दक्षिण), काठमाडौं नैऋत्य (दक्षिण–पश्चिम) र काठमाडौं हरित सहर (उत्तर) रहेका छन् । जसमध्ये काठमाडौं ईसानको क्षेत्रफल १ लाख रोपनी छ भने अन्यको १० हजार रोपनी रहेको छ ।

परियोजनामा काठमाडौं ईसान (पूर्व–उत्तर) नयाँ शहर विस्तार क्षेत्र जसको कुल क्षेत्रफल १ लाख रोपनी क्षेत्रफल रहेको छ । यो परियोनामा पूर्वतर्फ भक्तपुरको नगरकोट जाने सडक, तेलकोट भन्ज्याङसम्म, पश्चिम क्षेत्र जोरपाटी क्रिकेट स्टेयिगम, मुलपानी, गोठाटार हुँदै मनोहर पुल भक्तपुर जाने पुरानो बाटो सम्म, उत्तर तर्फ साँखु बजार र साँखु जाने मुल सडक र दक्षिण तर्फ भक्तपुर पुरानो बाटोमा पर्ने नेपाल सैनिक प्रतिष्ठान, खरिपाटी लगायतको ठाउँसम्म रहेको छ ।

काठमाडौं आग्नेयको कुल क्षेत्रफल १० हजार रोपनी रहेको छ । यो आयोजनामा पूर्वतर्फ अरनिको राजमार्गको सुर्यविनायक चोकदेखि सुर्यविनायक बनलाई बाहिर पार्दै जाने छ । पश्चिम तर्फ खहरेखोला, बालकोट विरुवा सडक, पानी ट्याङ्की, अमरनगर लगायतका ठाउँ रहेको छ । उत्तर तर्फ अरनिको राजमार्गको सिमाना रहेको छ भने दक्षिणमा भक्तपुरको रानीकोट जंगलको छेउसम्म रहेको छ ।

काठमाडौं नैऋत्यको कुल क्षेत्रफल पनि १० हजार रोपनी रहेको छ । यसको पूर्वमा छ्यासीकोट देखि फर्सिडोल, बागमती नदीको झोलुङ्गे पुल सम्म, पश्चिममा बागमती नदी, उत्तरमा साविकको सैंवु गाविसको सिमाना, दक्षिणमा बागमती नदी सम्मको क्षेत्र रहेको छ ।

काठमाडौं उत्तरको कुल क्षेत्रलफल पनि १० हजार रोपनी रहेको छ । यो योजनाको पूर्वमा सामाखुसी, टोखा रोड हुँदै बाइपाससम्म, पश्चिममा काभ्रेस्थली बाइपास जाने मुल सडक, उत्तरमा सपनातिर्थ मालुङ हुँदै काभ्रेस्थली र दक्षिणमा ग्रीनल्याड जोकदेखि मनोरथ हुादै महादेव खोला सम्मको क्षेत्र समावेस गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }