शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

दुग्ध जन्य वस्तुको उत्पादनमा ५० प्रतिशत भ्याट छुट दिन डेरी उद्योगीको माग


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ १२, २०७७
  • 603
    SHARES

डेरी उद्योगीहरुले दग्ध जन्य वस्तुको उत्पादनमा ५० प्रतिहत भ्याट छुट पाउनुपर्ने माग गरेका छन् । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि डेरी क्षेत्रमा असर परेको भन्दै राहत स्वरुप भ्याटमा छुट दिनुपर्ने माग गरेका हुन् ।

नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहालले सरकारले पहिला दिदै आएको ५० प्रतिशत भ्याट छुट फेरी दिनुपर्ने बताउनुभयो । पछिल्लो केही वर्ष यता सरकारले डेरी उद्योगहरुलाई दिदै आएको भ्याट छुट रोकेको थियो । यस्तै विद्युत महसुलमा समेत ५० प्रतिशत छुट पाउनुपर्ने माग व्यवसायीहरुले गरेका छन् । उहाँले लकडाउनका कारण दुध संकलनमा समस्या भएको र ८० प्रतिशत बजार पनि बन्द भएको अवस्थामा दुध किसान, वितरक र डेरी उद्योगी सबैलाई राहतको आवस्यकता रहेको बताउनुभयो ।

यस्तै लकडाउन पछि डेरी उद्योग सञ्चालन गर्न र किसानलाई भुक्तानी गर्न चालु पूँजीको अभाव हुने भएकोले सरकारले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने माग व्यवसायीहरुको रहेको उहाँले बताउनुभयो । यसबाहेक कर्जाको पुर्नतालिकिकरण गर्न समेत महासचिव दाहालले माग गर्नुभयो । सरकारले व्यवसायी र किसान दुवै पक्षलाई राहत नदिए लकडाउनपछि व्यवसाय बन्द गर्नुको विकल्प नभएको समेत उहाँले बताउनुभयो ।

देशभर दैनिक ६२ लाख दुध उत्पादन हुन्छ । जसमध्ये ३१ लख लिटर दुध बजारमा आउँछ । त्यस मध्ये पनि करिब १७ प्रतिशत मात्र औपचारिक डेरी उद्योगबाट बजारमा दुध आउने गरेको छ । बाँकी ३३ प्रतिशत अनौपचारिक क्षेत्रबाट खुल्ला रुपमा बजारमा आउने गर्छ । पछिल्लो समय लकडाउन भएपछि करिब ८० प्रतिशत दुधको बजार बन्द भएको छ । जसका कारण डेरीसँग भएको करिब ५ अर्ब रुपैयाँ बराबरको दुधको स्टक विक्री हुन सकेको छैन् । यस्तै दुध संकलन हुन नसक्दा ३ अर्ब रुपैयाँ बढीको नोक्सानी भएको दाहालले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }