बिहिबार, बैशाख २७, २०८१

पश्चिम रुकुम घटनाका दोषिलाई कारवाहीको माग गर्दै माइतीघरमा बुधबार पनि प्रदर्शन


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ १४, २०७७
  • 524
    SHARES

 

पश्चिम रुकुम घटनाका दोषिलाई कारवाहीको माग गर्दै माइतीघरमा बुधबार पनि प्रदर्शन गरिएको छ ।

विद्यार्थी तथा दलित अगुवाहरुले अन्तरजातिय विवाह गर्न खोजेकै कारण हत्या गरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाहीको माग गरेका छन् । जातिय विभेदका कारण देशलाई आन्तरिक युद्धमा नधकेल्नपनि प्रदर्शनकारीहरुले आग्रह गरेका छन् । ‘हत्यारालाई फाँसी दे, स्टप किलिङ दलित, मानविय समवेदना कता गयो ?, न्याय हराएको देश, देशलाई आन्तरिक युद्धमा नधकेल’ भन्ने नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरिएको हो । रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाको छानबिन गर्दै प्रदर्शन गरिएको हो ।

अन्तरजातीय प्रमे सम्बन्धलाई लिएर शनिबार भएको घटनामा जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विक, गणेश बुढामगर र चौरजहारी नगरपालिका १ का टीकाराम सुनारको शव भेरी नदीमा भेटिएको थियो । अहिले भेरी नपा. ११ का लोकेन्द्र सुनार, सन्दीप विक र गोविन्द शाही सम्पर्कविहीन रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }