बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

बजेट महत्वकाक्षी नभएपनि कार्यान्वयनमा चुनौती रहेको सत्तारुढ दलका सांसद सुरेन्द्र पाण्डेको भनाई


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ १८, २०७७
  • 515
    SHARES

 

  • तस्बिर : संघीय संसद सचिवालय

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद सुरेन्द्र पाण्डेले महत्वकाक्षी नभएपनि कार्यान्वयनमा चुनौती रहेको बताउनुभएको छ ।

आर्थिक वर्ष २०७७÷०७८को बजेट माथिको राजश्व र व्यय अनुमान माथिको सैद्धान्तिक छलफलमा सांसद पाण्डेले अहिलेको सम्पूर्ण परिस्थितिलाई ध्यानमा राख्दै आएको बजेट महत्वकाक्षी नभएको बताउनुभयो । बजेटका स्रोतहरुको अभावका कारण चालुु खर्च, पूँजीगत खर्च र वित्तिय व्यवस्थापनमा छुट्याइएको बजेट खुम्चिएको उहाँले बताउनुभयो ।

चालु आर्थिक वर्षमा २८ प्रतिशत मात्रै खर्च भएकोले यसले कार्यान्वयन क्षमता कमजोर रहेको प्रष्ट पारेको उहाँले बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षमा कार्यान्वयनमा यस्तो अवस्था आउन नदिने गरी काम गर्नतर्फ ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

बजेटमा ८ खर्ब ९० अर्ब राजश्व उठाउने र चालु खर्च ९ खर्ब ४९ करोड खर्च गर्ने उल्लेख भएको भएपनि झण्डै ६० अर्ब रुपैयाँले अझै चालु खर्च धान्ने अवस्था नभरहेको उहाँले बताउनुभयो ।

विश्व बैंक र एशियाली विकास बैंक लगायतका संस्थाहरुले बजेट सपोर्टका लागि अनुदान दिने बचन दिनुपनि सकारात्मक पक्ष भएको उहाँले बताउनुभयो । व्यालेन्स अफ पेमेन्टमा समस्या आउन नदिन आइएमएफले क्रेडिट सुविधा दिनु सकारात्मक भएपनि वैदेशिक मुद्रालाई व्यवस्थापन गर्न चुनौति रहेको उहाँको भनाई छ । पर्यटन र रेमिट्यान्स पनि घट्न सक्ने हुँदा वैदेशिक मुद्राको स्टकमा चाप पर्न सक्ने चुनौति रहेको उहाँको भनाई छ ।

प्रदेश र स्थानीय तहमा जाने पैसालाई कटौति नगर्नु सकारात्मक पक्ष भएपनि संघीय सरकारले स्थानीय तहको खर्च गर्ने क्षमता विकासका लागि सहयोग गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । स्वास्थ्य क्षेत्रमा झण्डै एक तिहाइ बजेट विनियोजन भएको उल्लेख गर्दै उहाँले भवन, औजार र उपकरण मात्रै अस्पताल नभएकोले जनशक्ति उत्पादन र व्यवस्थापनमा ध्यान दिन स्वास्थ्य मन्त्रालयलाई आग्रह गर्नुभयो ।

कृषकहरुलाई उत्पादन गर्नुपूर्व नै आधारमुल्य तोकेर मनबोबल बढाउने प्रयास बजेटले गर्नु सकारात्मक भएको बताउनुभयो । विदेशबाट नेपाल फर्किने नागरिक बढ्ने भएकाले अझै बढी उत्पादन बढाउनु पर्ने अवस्थामा कृषिमा अझै बजेट कम भएको उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }