बिहिबार, बैशाख २०, २०८१

नेपालले यूएईलाई दियो १ सय २० रनको झीनो लक्ष्य


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख ७, २०८१
  • 35
    SHARES

काठमाडौं- आईसीसी लिग–२ अन्तर्गतको त्रिदेशीय ओडीआई शृंखलामा यूएईलाई नेपालले २ सय ३० रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ रोजेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर उक्त लक्ष्य दिएको हो।

भीम सार्कीले नेपालको धरमराएको ब्याटिङ सम्हालेर खेललाई लयमा ल्याएका थिए। सार्कीले ९९ बलमा ७० रन बनाएका हुन्।  नेपालका लागि आरिफ शेखले ५६ बलमा ४३ रन बनाउँदै अविजित रहे। यसैगरी सन्दीप लामिछानेले ४० बलमा २७ रन बनाएर महत्त्वपूर्ण योगदान गरे। करण केसीले ११ बलमा १७ रन र प्रतिश जिसीले ६ बलमा ११ रन बनाए।

नेपालले ५० रन नजोड्दै महत्त्वपूर्ण तीन विकेट गुमाएको थियो। ओपनर आसिफ शेख १४ बलमा जम्मा ६ रन बनाएर क्याचआउट भए।

त्यसैगरी, ज्ञानेन्द्र मल्लको खराब ब्याटिङ जारी रहने क्रम दोहिरिँदा उनी २६ बलमा जम्मा ११ रन बनाएर बाहिरिए। टप थ्री पुगेर विश्वकप छनोट खेल्न निर्णायक मानिएको यो खेलमा कप्तान रोहित पौडेल पनि सम्हालिन सकेनन्।

उनी ५ बल खेलेर एक रन मात्रै जोड्दै पेभेलियन फर्किए। राम्रो प्रदर्शन गरिरहेका कुशल मल्ल ३२ रनमा बाहिरिए भने दीपेन्द्र सिंह ऐरीले जम्मा ४ रन जोड्न सके।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }