काठमाडौं । बजेटमार्फत सरकारले हवाई इन्धनमा लगाउँदै आएको पूर्वाधार करबापतको १० रुपैयाँ हटाएसँगै बुद्द एयरले हवाई भाडा घटाएको छ ।
हवाई दुरी अनुसार नेपाली यात्रुको हकमा अधिकतममा १ हजार १ सय ५ देखि न्यूनतममा २ सय २५ रुपैयाँसम्म घटाएको छ । सबभन्दा बढी धनगढीमा र कममा सिमरा गन्तव्य रहेको छ ।
बुद्द एयरले लकडाउनपछि उडानका लागि व्यापक तयारी गरिरहेको जनाएको छ । लकडाउनमा केही जहाज उडे तापनि तिनीहरुको नियमित मर्मत सम्भार तथा परीक्षणहरु गरि नै रहेको छ ।
| गन्तव्य | फ्यूल चार्ज | फरक | |
| पहिले | अहिले कायम | ||
| माउण्टेन फ्लाइट | ३०९० | २२३० | ८६० |
| काठमाडौं – भरतपुर or V.V | ९६५ | ६९५ | २७० |
| काठमाडौं – पोखरा or V.V | १४२५ | १०३० | ३९५ |
| काठमाडौं – विराटनगरor V.V | २१६० | १५६० | ६०० |
| काठमाडौं – जनकपुर or V.V | ११५५ | ८३५ | ३२० |
| काठमाडौं – सिमरा or V.V | ८१० | ५८५ | २२५ |
| काठमाडौं – भैरहवा or V.V | १८५० | १३३५ | ५१५ |
| काठमाडौं – धनगढी or V.V | ३९७५ | २८७० | ११०५ |
| काठमाडौं – नेपालगञ्ज or V.V | २९३० | २११५ | ८१५ |
| काठमाडौं – भद्रपुर or V.V | २७०० | १९५० | ७५० |
| काठमाडौं – तुम्लिङटार or V.V | १६६० | ११९५ | ४६५ |
| विराटनगर – तुम्लिङटारor V.V | ९६५ | ६९५ | २७० |
| पोखरा माउण्टेन फ्लाइट | २८२५ | २०४० | ७८५ |
| पोखरा – भरतपुर or V.V | १००० | ७२० | २८० |
| पोखरा – भैरहवा or V.V | ११६० | ८३५ | ३२५ |
| काठमाडौं – राजविराज or V.V | १८४० | १३३० | ५१० |
| काठमाडौं – सुर्खेत or V.V | ३११० | २२४५ | ८६५ |
कोभिड–१९ पछि संक्रमणबाट सुरक्षित रहनका लागि नागरिक उड्डयन प्राधिकरणले दिएको ‘गाईडलाइन’अनुसार ‘सुरक्षा निर्देशिका’ पनि ल्याईसकेको छ । सुरक्षा निर्देशिकामा यात्रु, कर्मचारी, जहाजहरुको विशेष सरसफाई, र्याम्प बस, कार्गाे, ट्रली, विभिन्न काउण्टर तथा कार्यस्थललाई कसरी सुरक्षित राख्ने भनेर ल्याइएको हो ।
सुरक्षा निर्देशिका अनुसार आफ्ना कर्मचारीहरुलाई आउने सातादेखि तालिम प्रदान गर्ने बुद्द एयरले विज्ञप्तीमार्फत जनाएको छ । त्यसैगरीी, आउने साताको अन्त्यसम्म सोही अनुसार अभ्यास गर्ने पनि जनाएको छ । यस अभ्यासले यात्रु तथा कर्मचारीको सुरक्षामा विशेष भूमिका खेल्ने विज्ञप्तिमा जनाएको छ ।
