शुक्रबार, बैशाख २८, २०८१

भाइबरमा २० जनासम्म ग्रुप भिडियो कल गर्न मिल्ने


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ २५, २०७७
  • 388
    SHARES

काठमाडौं । भाइबरले नेपालमा ग्रुप भिडियो कल नामक नयाँ सेवा सुचारु गरेको छ । जस मार्फत असीमित अवधिसम्म बढीमा २० जनासम्म एक साथ भिडियो कल गर्न सकिनेछ । यसभन्दा अघि शुरु गरिएको भाइबरको ग्रुप अडियो कल सेवाको सफलताबाट प्रोत्साहित हुँदै एक अर्का बीच आमने–सामने भएर संवाद एवं छलफल गर्न नयाँ विशेषता भाइबरमा थप गरिएको हो ।

सामाजिक दूरीको नियम र मानिसहरुमाझ समुहगत भेटघाटमा रोक लागेको कारणले अनलाइनछलफल गर्नु सुविधा मात्र नभएर आवश्यकता नै भएको छ । अनलाइन कुकिङ्ग शिक्षा संचालन गर्ने सेफहरु देखि लिएर योगाभ्यासको कक्षा लिइरहेका योग गुरुहरुसम्म, सामूहिककार्य गर्ने सबैलाई सुरक्षित, प्रभावकारी अनलाइन मञ्च जरुरी भएको छ ।

मोबाइल तथा डेस्कटप दुबैमा भाइबर एप मार्फत भाइबर ग्रुपकल सजिलै सञ्चालन गरी कार्य–मैत्री सुविधाहरु जस्तै स्क्रिन सेयर गर्ने र भिडियो प्रसारण गर्ने कार्य गर्न सकिन्छ । भाइबरको ग्रुप च्याटहरु र ग्रुप भ्वाइस कलहरुका साथ आमने सामने सञ्चारको यो नयाँ माध्यम ‘न्यू नर्मल’सँग सामना गर्ने एक उत्तम तरिका हो ।

ग्रुप भिडियो कल शुरु गर्न अत्यन्त सजिलो छ । केवल स्क्रिनको माथिल्लो छेऊमा भएको नयाँ ‘भिडियो’ बटन दबाएर भिडियो कलमा थप सहभागीहरुलाई सजिलैसँग जोड्न सकिन्छ ।

“हामी हाम्रा प्रयोगकर्ताहरुलाई बढीमा २० जनासम्म रहने गरी भिडियो कलमा सहभागी गराउन समर्थ भएकोमा अत्यन्त उत्साहित भएका छौं र यसलाई हामी चाँडै नै अझविस्तार गर्ने दिशामा अग्रसर छौं । भाइबरले एक महत्वपूर्ण उद्देश्यका साथ समाजलाई सेवा प्रवाह गर्दै आएको छ, अब त्यसमा पहिलेको भन्दा धेरै यसले प्रयोकर्ताहरुलाई सजिलै सञ्चार गर्न सक्षम बनाएको छ । हाम्रो जीवनमा भिडियो छलफल पहिले भन्दा अझ ज्यादाहुनेछ, यसैले हामीले यो नयाँ विशेषता शुभारम्भ गर्ने निर्णय गरेका हौं र प्रयोगकर्ताहरुलाई वास्तवमा नजिक ल्याउने अर्को कदम हो जब आमने–सामने मिटिङ्ग गर्ने अरुकुनै विकल्प छैन” भाइबरका सिओओ अफिर एयालले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }