शुक्रबार, बैशाख २८, २०८१

विद्यालय बन्द हुँदा बालबालिकाको सिकाइमा क्षति हुन नदिन वैकल्पिक सिकाई प्रक्रियाको सुरुवात गरिएको प्रधानमन्त्री


  • माउन्टेन खबर
  • सोमवार, असार १, २०७७
  • 496
    SHARES

प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय बन्द हुँदा बालबालिकाको सिकाइमा क्षति हुन नदिन वैकल्पिक सिकाई प्रक्रियाको सुरुवात गरिएको बताउनुभएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज (सोमबार)बाट सुरु गरेको वैकल्पिक सिकाई प्रविधिको शुभारम्भको घोषणा गर्दै प्रधानमन्त्री ओलीले बालबालिकाको सिकाईमा क्षति हुन नदिने बताउनुभएको छ । उहाँले आधुनिक प्रविधिको उपयोग गरी अधिकतम लाभ लिन पनि सबै विद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण विद्यालयहरु बन्द रहेका छ् । लामो समय विद्यालय खोल्न सम्भव नभएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सिकाईलाई निरन्तरता दिन वैकल्पिक सिकाईलाई अगाडि सारेको हो । मन्त्रालयले घरलाई नै शिक्षालयको रुपमा विकास गर्ने उद्देश्यले टेलिभिजन, रेडियो, अनलाइन तथा डिजिटल प्रविधिको प्रयोगगरी आजदेखि पठन–पाठन सुरु गरेको हो । प्रधानमन्त्री ओलीले महामारीको समाप्तीसँगै शैक्षिक प्रणालीमा नयाँ परिमार्जन हुने सम्भावना बढेको बताउनुभएको छ । उहाँले एसईईको विकल्पमा जान अहिलेको परिस्थितिले उत्प्रेरित गरेको बताउनुभयो ।

यस्तै प्रधानमन्त्री ओलीले मुलुकमा अव कुनैपनि आन्दोलनको जरुरी नभएको बताउनुभएको छ । उहाँले जति लडने हो यहि पुस्ता लडेको र अव मुलक बन्नेमा ढुक्क हुन आग्रह गर्नुभयो । उहाँले भन्न्ुभयो ‘देश भित्र वा बाहिर रहेका कतिपय जिज्ञासु युवाहरुको प्रश्न सुनेको छु । मुलुक विग्रदै पो छ कि ? मेरा अभिभावकको भोटबाट बनेको मेरो देशको सरकार कर्तव्यबाट चुक्दै पो छ कि ? टेलिभिजन सामाजिक सञ्जाल लगायत आम सञ्चार माध्यममा देखिने विभिन्न मुलुकहरुमा पोखिएको आक्रोस वा दिक्दारी मेरो मुलुकमा पनि दोहोरिने पो हो कि ? आज मैले सबै प्रश्नको विस्तारमा चर्चा गरिरहेको छैन् । तर एकमुस्ट भन्न चाहन्छु । जति लडने हो यो पुस्ता लडछ मुलुक बन्छ । अवका दिनमा हाम्रा सन्तानहरु यस मुलुकको भाग्यमानी पुस्ता बन्छ भन्ने तपाइका अभिभावकहरुको भनाई झुटा सावित हुँदैन । हाम्रो मुलुकमा अव फेरी अर्को आन्दोलन आवस्यक छैन् ।’

प्रधानमन्त्री ओलीले अप्ठेरोमा दुविधा हुने र त्यसलाई दुर गर्न नेतृत्व चाहिने भन्दै देश बन्ने कुरामा आरोप लगाएजस्तो गफ नदिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘अप्ठेरोमा दुविधा हुन्छ । त्यहि दुर गर्न नेतृत्व चाहिन्छ । आरोप लगाएजस्तो गफ हानेको होइन् । ढुक्क रहौं मुलुक बन्छ । सुशासन स्वच्छता कायम हुन्छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }