मङ्लबार, जेष्ठ १, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

बैठक भत्ता र खाजा खर्च कटौती गर्दै नयाँ गाडी नकिन्ने कर्णाली प्रदेशको घोषणा


  • माउन्टेन खबर
  • सोमवार, असार १, २०७७
  • 678
    SHARES

सुर्खेत । कर्णाली प्रदेश सरकारले नयाँ सवारी साधान नकिन्ने घोषणा गरेको छ । प्रदेश सरकारले मन्त्री, राजनीतिक पदाधिकारी र कर्मचारीको सुविधा पनि कटौती गरेको हो ।

आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ३३ अर्ब ७४ करोडको बजेट ल्याएका आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले मन्त्री, राजनीतिक पदाधिकारी र कर्मचारीको अतिथि सत्कार, सञ्चार, बैठक र जोखिम भत्ता र खाजा खर्च कटौतीको घोषणा गर्दै एम्बुलेन्सबाहेक सवारी साधान पनि खरिद नगर्ने, नयाँ संगठन संरचना स्थापना नगर्ने  उल्लेख गरेका हुन् ।

यस्तै कार्यालय सञ्चालन, मर्मत, इन्धन, फर्निचर र विभिन्न शीर्षकको खर्चमा पनि करिव ६० प्रतिशत कटौती गर्दै बजेटमा कोरोना भाइरस महामारी नियन्त्रणका लागि १ अर्ब ५५ करोड बजेट छुट्याएको छ ।

सरकारले प्रदेश अस्पतालमा २०० आइसोलेसन सेन्टर, ४० आईसीयू र २० भेन्टिलेटर बनाएइनेछ भने हरेक जिलामा कम्तिमा ५० आइसोलेसन बेड, १० आईसीयू र ५ भेन्टिलेटरसहित सघन उवचार कक्ष बनाउन बजेट छुट्याएइको छ ।

यसैगरी प्रदेश अस्पताललाई ३०० शैयाको शिक्षक अस्पताल बनाउन, राकम कर्णालीमा ट्रमा अस्पताल स्थापना गर्ने लगायतका कार्यक्रम पनि बजेटमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }