बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नयाँ जीवन-गीत


  • माउन्टेन खबर
  • बुधबार, असार ३, २०७७
  • 1.3K
    SHARES
  • नयाँ जीवन                                                                                                                                    – गीता खत्री, न्युयोर्क ।

निक्कै टाढा पुगीसक्दा नयाँ जीवन शुरु भयो
खोली जस्तै बगी जांँदा नयाँ दिन शुरु भयो

तिमी मेरो जीवन कथा कलेजीमा लेखी रहेंँ
ढुकढुकीको पलपलमा पिरतीले छेकी रहेंँ
थाहा पाए बल्ल मेरो जिन्दगानी शुरु भयो
खोली जस्तै बगी जांँदा नयाँ दिन शुरु भयो

उदास एउटा मान्छेलाई हराभरा पार्न आएँ
लाली छर्दै सांझ बिहान हृदयमा तिमी छायौ
बीच बाटो तिम्रो मेरो नयाँ बाटो शुरु भयो
खोली जस्तै बगी जांँदा नयाँ बाटो शुरु भयो

निक्कै टाढा पुगीसक्दा नयाँ जीवन शुरु भयो
खोली जस्तै बगी जांँदा नयाँ दिन शुरु भयो ।।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)