शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

छताछुल्ल माया


  • माउन्टेन खबर
  • सोमवार, असार १५, २०७७
  • 1.3K
    SHARES

छताछुल्ल माया    – कविता 

 

जिन्दगी जिउँन चाहिने खुशीहरु
प्राय: सबै हराएछु
खोज्दै हिँड्दा
म आँफै नै यतै कतै हराएछु
रन्कोमा
उबड खावड फड्किंदै दौडेछु क्यार
फर्किने बाटो फेला नै परेन
चौबाटोहरुमा मोढिएछु क्यार
दुरी धेरै बढेछ
हर मोडमा एक अन्जुली माया थपिँदै गएछ
त्यसैले त मेरी प्रिय
तन भरी मन भरी
तिम्रै तिम्रै माया
छताछुल्ल भएछ

हजारौँको भिडमा तिमीलाई खोज्दा खोज्दै
हाटबजार नै उठेर सुनसान भईसकेछ
नौ लाखे तारा बिच
मेरी प्रिय तिमीलाई खोज्दा खोज्दै
जुनेली रात अनायासै बिती गएछ

मिर्मिरे उषाकिरणले
बिहानी मात्र ल्याएछ
मेरो चाहतलाई भने
निष्टुरी उषाकिरणले
उतै कतै छोडेर आएछ

चरा भए
फुर् फुर् उढ्ने थिएँ
हावा भए
सिरेठोको जस्तै गतिमा चल्ने थिएँ
अनि,
खोज्ने थिएँ मेरी प्रिय तिमीलाई
पात-पातमा, डाली-डालिमा
गाउँ शहर अनि बन पाखा र बस्तिमा

सिसीरको पारीलो घामले
तिम्रो स्पर्षको जस्तो
न्यानो पनको अनुभुती दिलाएछ
गोधुली साँझको मन्द मन्द सितल हावाले
तिम्रो सामिप्यको चाहना बढाएछ
पखेराको ढपक्क कुहिरो सँगै
तिम्रो प्रतिबिम्ब मडारिएछ
तिम्रो माया मिस्सिएको
साउने झरिको छिटा छिटाले
यो तन निथ्रुक्क भिजाएछ
त्यसैले त मेरी प्रिय
तन भरी मन भरी
तिम्रै तिम्रै माया छताछुल्ल भएछ ।

 

-राम लामा अविनाशी , अमेरिका । 

[email protected]

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }